
नेपाल टेलिकमले दूरसञ्चार सेवा उपभोग गरे बापतको बक्यौता रकम तिरे जरिवाना छुट दिने र नतिरे कालोसूचीमा समावेश गर्ने जनाएकाे छ । टेलिकमले बक्यौता रकम तीन महिनाभित्र तिरे जरिवाना नलाग्ने जनाउँदै बक्यौता रकम तिर्न आग्रह गरेको हाे ।
आज टेलिकमले एक सूचना जारी गर्दै ०७९/०८० सम्मको बक्यौता रकम मंसिर १ देखि माघ मसान्तसम्म भुक्तानी गरेको खण्डमा जरिवाना छुट हुने जनाएकाे छ । टेलिकमले सेवा उपभोग गरेर पनि महसुल नतिर्ने ग्राहकलाई नजिकको दूरसञ्चार कार्यालयमै गई उक्त अवसर सदुपयोग गर्न आग्रह गरेको हाे ।
टेलिकमले तोकिएको अवधिमा पनि बक्यौता भुक्तानी नगरे त्यस्ता ग्राहकहरूको नामावली पत्रिकामा प्रकाशित गरि वेबसाइटमा राखेर कालोसूचीमा समावेश गर्ने प्रक्रिया अगाडि बढाउने चेतावनी समेत दिएको छ ।


