Advertisement Banner
Advertisement Banner

०२ सोमबार, मंसिर २०८२19th October 2025, 9:36:14 am

आजदेखि एनपीएलको दोस्रो संस्करण शुरु

०२ सोमबार , मंसिर २०८२११ घण्टा अगाडि

आजदेखि एनपीएलको दोस्रो संस्करण शुरु

नेपाल क्रिकेट संघ क्यान आयोजना गर्ने नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण आजबाट शुरु हुदैछ । आजदेखि शुरु हुन लागेकाे पहिलाे उद्घाटन खेलमा जनकपुर बोल्ट्स र काठमान्डौं गोर्खाजले प्रतिस्पर्धा गर्दैछन् ।

किर्तिपुरस्थित टियु मैदानमा हुने यो खेल नेपाली समय अनुसार दिउसो ४ बजेदेखि शुरु हुने छ । यस सिजनको एनपीएलका धेरै जसो खेल नवनिर्मित टियु क्रिकेट मदानको फ्लडलाइटमा हुने क्यानले जनाएकाे छ ।

कुल ३२ खेल हुने एनपीएलको दोस्रो संस्करणको सिङ्गल राउन्ड रोबिन, इलिमिनेटर र क्वालिफायर हुँदै मङ्सिर २७ गते उपाधि भिडन्त हुने छ । यसपटक विगतकै टिमहरू जनकपुर बोल्ट्स, गत संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्स, काठमाडौँ गोर्खाज, चितवन राइनोज, विराटनगर किङ्स,  लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र कर्णाली याक्सले प्रतिस्पर्धा गर्ने छन् ।

यसअघिकाे पहिलाे संस्करणकाे उपाधी जनकपुर बोल्ट्सले जितेकाे थियाे । दोस्रो संस्करणमा हरेक टिमसमक्ष कम्तीमा चारदेखि अधिकतम छ जनासम्म विदेशी खेलाडी टिममा राख्न पाउने प्रावधान अनुसार सबै टिमले टिम अक्सन र विश्वका सुपरस्टार क्रिकेटरहरू आबद्ध गरेर एकसे एक टिम तयार पारेका छन् ।

त्यसैगरि दोस्रो संस्करणका लागि आठमध्ये पाँच टिमले विदेशी प्रशिक्षक आबद्ध गरेका छन् । आगमी मङ्सिर २७ गते (डिसेम्बर १३ शनिबार) एनपीएलको फाइनल खेल हुने छ ।