
वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया जान चहानेहरूका लागि उत्पादनतर्फको पहिलो चरणको कोरियन भाषा परीक्षा आज सुरु हुँदैछ । वैदेशिक रोजगार विभाग अन्तर्गत रोजगार अनुमति प्रणाली (इपिएस) शाखाको उत्पादनतर्फको परिक्षा हुन लागेकाे हाे ।
सन् २०२५ मा इपिएसमार्फत् दक्षिण कोरिया जान आवेदन दिएका १ लाख २ हजारमध्ये आज उत्पादनतर्फका ६७ हजारको भाषा परीक्षा सुरु हुन लागेको बताइएकाे छ । उत्पादनमूलक क्षेत्रका ६७ हजार परीक्षार्थीको भाषा परीक्षा दुई महिनाभित्र सक्ने गरी परिक्षा सुरु हुन लागेकाे हाे । भाषा परीक्षामा १ लाख दुई हजार ५ सय १५ परीक्षार्थी सहभागी हुने भए पनि पहिलो चरणमा उत्पादनतर्फका ६७ हजारलाई प्राथमिकतामा राखिएको छ ।
शाखाका अनुसार उत्पादनमूलक क्षेत्रको परीक्षालाई पहिलो चरणमा र कृषि तथा पशुपालन क्षेत्रका परीक्षार्थीको लागि अर्को मिति तय गरिने तयारी भइरहेको बताइएकाे छ भने कृषि तथा पशुपालन क्षेत्रका लागि ३५ हजार जना रहेका छन् ।


