Advertisement Banner
Advertisement Banner

०२ सोमबार, मंसिर २०८२19th October 2025, 9:36:14 am

मक्काबाट मदिना जाँदै गरेको बस दुर्घटना ४२ जना भारतीयको मृत्यु

०२ सोमबार , मंसिर २०८२७ घण्टा अगाडि

मक्काबाट मदिना जाँदै गरेको बस दुर्घटना ४२ जना भारतीयको मृत्यु

गएराति साउदी अरबकाे मक्काबाट मदिना जाँदै गरेको बस दुर्घटना हुँदा ४२ जना भारतीय यात्रुहरूको मृत्यु भएको छ । मक्काबाट मदिना जाँदै गरेको बस दुर्घटना हुँदा उनिहरूकाे मृत्यु भएकाे हाे ।

हैदराबादका यात्रुहरूलाई मक्काबाट मदिना लैजाँदै गरेको बस दुर्घटना हुँदा २० महिला र ११ बालबालिका सहित ४२ जनाकाे मृत्यु भएकाे बताइएकाे छ । स्थानीय सञ्चारमाध्यमका अनुसार बस डिजेल ट्याङ्करसँग ठोक्किएपछि बसमा आगो लागेको थियो ।

दुर्घटनाकाे प्रारम्भिक रिपोर्ट अनुसार, मृत्यु हुने सबै भारतीय हुन् भने उनीहरूमध्ये धेरैजसो यात्रु हैदराबादबाट तीर्थयात्रा जाँदै गरेका थिए । उक्त दुर्घटना मदिनाबाट करिब १६० किलोमिटर टाढा मुहरास नजिकै भारतीय समयअनुसार राति करिब साढे १ बजे भएको हाे ।

दुर्घटनाकाे समयमा धेरै यात्रुहरू सुतिरहेका र ठोक्किएपछि बसमा आगो लाग्दा मानवीय क्षति बढेको हो । भाारतकाे तेलंगाना सरकारले रियादस्थित भारतीय दूतावासको लगातार सम्पर्कमा रहेको बताएको छ भने राज्य सरकारले जारी गरेको विज्ञप्तिमा मुख्यमन्त्री रेवन्त रेड्डीले दिल्लीमा रहेका अधिकारीहरूलाई दूतावाससँग समन्वय गरेर पीडितहरूको पहिचान र अन्य औपचारिकताहरूमा सहयोग गर्न निर्देशन दिएकाे बताइएकाे छ ।