
गएराति चितवनमा बलेरो दुर्घटना हुँदा एकजनाकाे मृत्यु भएकाे छ । चितवनकाे कालिका नागरपालिका–११, सिद्धि कल्याण चौरस्थित भित्री सडकमा बा १८ च ८९७३ नम्बरको बलेरो दुर्घटना भएकाे हाे ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार गएराति साढे १० बजेकाे समयमा बाेलेर अनियन्त्रित भई दुर्घटना हुँदा बाेलेराेकाे चालक खैरहनी नगरपालिका–४, का राममणि न्यौपानेको मृत्यु भएको बताइएकाे छ ।
उक्त दुर्घटनामा गम्भीर घाइते भएका न्यौपानेको उपचारका लागि भरतपुर अस्पतालमा लगिएकाेमा राति नै चिकित्सकले मृत घोषणा गरेका थिए । बलेरो सडकदेखि झण्डै १५० मिटर तल खसेको थियो भने बलेरोमा चालक न्यौपानेमात्र सवार रहेको प्रहरीले जनाइएको छ ।


