Advertisement Banner
Advertisement Banner

०९ सोमबार, मंसिर २०८२20th November 2025, 6:33:20 pm

आज एनपीएलकाे साताैँ दिन विश्राम भाेलि दुई खेल हुने

०८ आइतबार , मंसिर २०८२२० घण्टा अगाडि

आज एनपीएलकाे साताैँ दिन विश्राम भाेलि दुई खेल हुने

नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण अन्तर्गतकाे आज सातौँ दिन विश्राम दिइएकाे छ भने भाेलि साेमबार दुई खेल राखिएकाे छ । नेपाल क्रिकेट संघकाे खेलतालिका अनुसार आज सातौँ दिन विश्राम दिन राखिएको छ भने भाेलि साेमबार दुई खेल राखिएकाे छ ।  

नेपाल क्रिकेट संघले यसअघि नै सार्वजनिक गरेको खेलतालिकामा आज विश्राम दिन राखिएको थियो । सोमबार भने त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा बिहान पाैने १२ बजे पहिलो खेल जनकपुर बोल्ट्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेल दिउँसो ४ बजे कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सबीच हुने बताइएकाे छ ।

दोस्रो संस्करण अन्तर्गतकाे अहिलेसम्मको अंक तालिकाअनुसार दुई–दुई खेल खेलेका सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्स चार–चार अंकसहित पहिलो र दोस्रो स्थानमा रहेकाे छन् । त्यसैगरि तीन खेल खेलिसकेको काठमाडौँ गुर्खाज दुई अंक जोड्दै तेस्रो स्थानमा रहेकाे छ भने दुईवटा खेल खेलेको पोखरा दुवै पराजित हुँदै पुछारमा छ ।

यहि मङ्सिर १ गतेदेखि सुरु भएकाे एनपीएलमा जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किङ्ग्स, चितवन राइनोज, काठमाडौँ गुर्खाज र लुम्बिनी लायन्स गरेर आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन् । प्रतियाेगिता मङ्सिर २७ गतेसम्म चल्ने छ ।