Advertisement Banner
Advertisement Banner

०९ सोमबार, मंसिर २०८२20th November 2025, 6:33:20 pm

बिहान जनकपुर र विराटनगर दिउँसाे कर्णाली र सुदूरपश्चिम भिड्दै

०९ सोमबार , मंसिर २०८२१० घण्टा अगाडि

बिहान जनकपुर र विराटनगर दिउँसाे कर्णाली र सुदूरपश्चिम भिड्दै

नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणअन्तर्गत आज दुई खेल हुँदैछ । पहिलाे खेल पाैने १२ बजे जनकपुर बोल्ट्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुँदैछ भने दाश्राे खेल दिउँसाे ४ बजे कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सबीच हुने भएकाे हाे ।

काठमाडाैँकाे कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज दुई महत्त्वपूर्ण खेल हुने भएकाे हाे । प्रतियोगिताको लिग चरण अघि बढ्दै जाँदा अङ्क तालिकामा आफ्नो पकड बलियो बनाउन आज टोलीहरूबीच कडा प्रतिस्पर्धा हुनेछ ।

आजकाे पहिलाे खेलमा अहिलेसम्म एक खेल मात्र खेलेको जनकपुर पहिलो जितको खोजीमा मैदान उत्रिनेछ भने तालिकाको दोस्रो स्थानमा रहेको विराटनगर आफ्नो लयलाई निरन्तरता दिने दाउमा मैदानमा उत्रने तयारी गरेकाे छ ।

त्यसैगरि दिउँसो ४ बजे हुने दोस्रो खेलमा कर्णाली याक्सले सुदूरपश्चिम रोयल्सको सामना गर्नेछ । हालसम्म दुई खेलबाट ४ अङ्क जोड्दै तालिकाको शीर्ष स्थानमा रहेको सुदूरपश्चिम रोयल्स आफ्नो अग्रता कायम राख्न चाहन्छ भने कर्णाली याक्स अंक तालिकामा सुधार गर्ने उद्देश्यका साथ मैदानमा उत्रिने तयारीमा रहेकाे छ ।