Advertisement Banner
Advertisement Banner

२७ बुधबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

जनकपुरमा विवाह पञ्चमी मनाइँदै

१० मंगलबार , मंसिर २०८२९ महिना अगाडि

जनकपुरमा विवाह पञ्चमी मनाइँदै

आज जनकपुरमा मार्गशीर्ष शुक्ल पञ्चमी अर्थात् विवाह पञ्चमी भव्य रुपमा मनाइँदै छ । ​त्रेतायुगमा सीता र मर्यादापुरुष रामचन्द्रको विवाह भएको सम्झनामा हरेक वर्ष यो पर्व मनाउने गरिन्छ ।

याे पर्व मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा विशेष महत्त्वका साथ मनाइन्छ भने मिथिलावासीले यस पर्वलाई महोत्सवकै रूपमा समेत मनाउने गरेका छन् ।​ सीतालाई छोरी–बहिनी मान्ने मिथिलावासी महोत्सवमा देवीदेवताको सहभागिता सशरीर नभए पनि अदृश्य रूपमा हुने विश्वासले हर्षोल्लासका साथ प्रतिछाया जन्तीको आगमनदेखि विवाह समारोहसम्ममा सहभागी हुने गर्दछन् ।

त्रेतायुगमा मिथिलाका राजा जनकले आफ्नी छोरी सीताको स्वयंवरका लागि राखिएको शिवधनुष अयोध्याका राजा दशरथका जेठा छोरा रामले उठाउँदा भाँचिएर तीन टुक्रा भएकाे थियाे भने शिवधनुष भाँचेपछि मार्गशीर्ष शुक्ल पञ्चमीका दिन राम र सीताको विवाह सम्पन्न भएको थियो ।

पहिले तिरहुतियागाछीमा मनाइने यो महोत्सव दुई दशकदेखि रंगभूमिमा विशेष कार्यक्रमसहित मनाउने गरिएको छ । रंगभूमिमा स्वयंवरविधि, परीक्षणको वैवाहिक विधि सम्पन्न भएपछि सीता–रामलाई जानकी मन्दिरमा ल्याएर मिथिला संस्कृतिअनुसार विवाह सम्पन्न गरिन्छ ।

पहिले एक महिनासम्म भव्य रूपमा मनाउने गरिएकाे महोत्सव अहिले एक सातासम्म मनाउने गरिन्छ ।