Advertisement Banner
Advertisement Banner

२७ बुधबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

निर्वाचनसँगै सुशासन कायम गर्नु सरकारको दायित्व हाे : गृहमन्त्री अर्याल

१० मंगलबार , मंसिर २०८२९ महिना अगाडि

निर्वाचनसँगै सुशासन कायम गर्नु सरकारको दायित्व हाे : गृहमन्त्री अर्याल

अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनसँगै सुशासन कायम गर्नु सरकारको दायित्व रहेको बताएका छन् । आज भैरहवामा आयोजित लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्वाेधन गर्दै गृहमन्त्री अर्यालले उक्त कुर बताएका हुन् ।

निर्वाचन र सुशासनलाई नै अर्जुन दृष्टि दिएर सरकारले काम गरिरहेको बताउँदै उनले केन्द्रीय सुरक्षा समितिबाट स्वीकृत निर्वाचन सुरक्षा योजना बमोजिम प्रदेश सरकारले पनि आफ्नो सुदृढ सुरक्षा योजना तयार गरी कार्यान्वयनमा जान सुझाव दिएका छन् ।

प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा बाेल्दै उनले भने, “राजनीतिक दलहरूले लुटिएका हतियार र फरार कैदीबन्दीलाई सुरक्षा चुनौतीको रूपमा औँल्याएका छन्, हामीले धेरै परिमाणमा विशेष अपरेशनमार्फत ती हतियार फिर्ता ल्याइसकेका छौँ धेरै कैदी पनि फिर्ता भइसकेका छन् ।”

संघीय गृह मन्त्रालय, लुम्बिनी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा संयुक्त रूपमा आयोजित सुरक्षा गोष्ठीमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुरक्षाकर्मी र राष्ट्रसेवक कर्मचारीको मनोबल बढाउनुपर्नेमा जोड दिएका थिए । उनले सुशासन कायम गर्न प्रदेश सरकार रणनीतिक योजना बनाएर अघि बढेको पनि जानकारी दिएका छन् ।