Advertisement Banner
Advertisement Banner

१२ बिहिबार, मंसिर २०८२20th November 2025, 6:33:20 pm

सिआईए, दलाई लामा र तिब्बत फाइलस्

११ बुधबार , मंसिर २०८२२० घण्टा अगाडि

सिआईए, दलाई लामा र तिब्बत फाइलस्

दशकौँदेखि विश्व राजनीतिको अत्यन्त संवेदनशील मुद्दामध्ये एक भारत निर्वासित दलाई लामा र अमेरिकी सिआईए बीचको कथित आर्थिक सम्बन्ध आज फेरि विश्व मिडिया, कूटनीति र सूचना–युद्धको केन्द्रमा आएको छ। १९५० को दशकदेखि चीनको तिब्बत, मुख्यभूमि चीन, अमेरिका र शीतयुद्धको त्रिकोणीय शक्ति सन्तुलनले यो विषयलाई निरन्तर विवादास्पद बनाउँदै ल्याएको छ। चीनको तिब्बतको पहाडी भूभागमा सुरु भएको राजनीतिक घटनाक्रम केही दशकमै विश्व महाशक्तिहरूको गुप्त प्रतिस्पर्धाको मञ्च बन्न पुग्यो, र यिनै परिस्थितिमा सिआईएंस्वतन्त्र तिब्बत कार्यक्रमको जन्म भयो।

१९५० पछि चीनको तिब्बतमा सिआईए प्रवेश गरेपछि एशियामा शक्ति–सन्तुलन एकै क्षणमा बदलियो। अमेरिका सोभियत संघ र कम्युनिस्ट प्रभाव विस्तार रोक्ने रणनीतिमा थियो, र चीन तीव्र रूपमा उदीयमान क्षेत्रीय शक्ति बन्दै गइरहेको थियो। यस्तो समयमा वाशिङ्टनले चीनको तिब्बतलाई भौगोलिक, धार्मिक र सांस्कृतिक कारण मात्र होइन, एक महत्वपूर्ण pressure Point को रूपमा हेर्न थाल्यो। यही पृष्ठभूमिमा सिआईएले गोप्य योजना बनाएर तिब्बती प्रतिरोध, निर्वासन प्रशासन र अन्तर्राष्ट्रिय कूटनीतिक अभियानलाई गुप्त आर्थिक तथा रणनीतिक समर्थन दिने कार्यक्रम सञ्चालन गर्यो।

पछि सार्वजनिक भएका अमेरिकी डिक्लासिफाइड कागजात र १९९० मा प्रकाशित प्रमुख अनुसन्धानात्मक रिपोर्टहरूले वार्षिक करिब १८०,००० अमेरिकी डलर तिब्बती निर्वासन संरचनालाई Subsidy को रूपमा दिएको विवरण समावेश गरेका छन्। यो रकम दलाई लामाको व्यक्तिगत तलब होइन भन्ने पश्चिमा विश्लेषकहरूको व्याख्या छ। यो निर्वासित सरकार सञ्चालन, विदेशस्थित कार्यालय टिकाइराख्ने, अन्तर्राष्ट्रिय कूटनीतिक नेटवर्क विस्तार गर्ने र तिब्बती पहिचान जोगाइराख्ने अभियानका नाममा प्रयोग भएको बताइन्छ।

यद्यपि यसलाई चीनले लामो समयदेखि विदेशी हस्तक्षेपको प्रत्यक्ष प्रमाणका रूपमा दाबी गर्दै आएको छ। बेजिङ्गको दृष्टिमा यो घटना केवल शीतयुद्ध इतिहास होइन, आज पनि निरन्तर चलिरहेको पश्चिमी रणनीतिक Proxy engagement को उदाहरण हो। अर्कोतर्फ, पश्चिमी इतिहासकार र अनुसन्धानकर्ताहरूका अनुसार सिआईएको कार्यक्रम शीतयुद्धको Standard covert operation थियो, एशियामा कम्युनिस्ट विस्तार कमजोर पार्ने दीर्घकालीन रणनीतिक प्रयास।

भारतमा निर्वासित दलाई लामा पक्षका अनुसार अमेरिकी सहयोग मानवीय, शैक्षिक, प्रशासनिक र सांस्कृतिक संरक्षणका लागि थियो, र उनीहरूले कुनै सैन्य निर्देशन स्वीकारेनन्। तर इतिहासको व्याख्या राजनीतिक खेमाले निर्धारण गर्ने भएकाले, विवाद आजसम्म पनि समाप्त भएको छैन। वास्तवमा उक्त श्रोत खुलेको र अन्य श्रोत नखुलेको अमेरिकी सहयोग सैन्य क्षेत्रमा पनि थियो। इतिहासलाई गहिरिएर हेर्दा म्यान्मार, कालिम्पोङ, सिक्किम र नेपाल हुँदैे चीनका विरुद्धमा दलाई लामा पक्षलाई हतियार पठाइएको देखिन्छ। यसले के पुष्टि गर्छ भने अमेरिकी सहयोग मानवीय, शैक्षिक, प्रशासनिक र सांस्कृतिक संरक्षणका नाममा सैन्य अपरेसनका लागि उपलब्ध गराइएको थियो। के यो समर्थनले तिब्बती आन्दोलनलाई विदेशी प्रभावमा निर्भर बनायोरु के यो सहयोग धार्मिक स्वतन्त्रताको सुरक्षा थियो वा महाशक्तिको नभयउयष्तिष्अब िअजभककदयबचमरु यी प्रश्नको जवाफ एकपछि अर्को गर्दै खुलिरहेका छन्। आजका दिनसम्म आईपुग्दा तत्कालीन अमेरिकी सहयोग चीनको विकास प्रगति र प्रभाव रोक्न र चीनको अखण्डताका विरुद्धमा थियोे भन्ने पुष्टि भएको छ।

आजको पृष्ठभूमिमा यो मुद्दा फेरि किन उठिरहेको छ भन्ने जस्तो महत्त्वपूर्ण प्रश्न अरु केही छैन। अहिले चीन–अमेरिका प्रतिस्पर्धा तीव्र बन्दै गएको बेला तिब्बत, ताइवान र शिञ्जियाङजस्ता मुद्दा केवल मानवअधिकारको विषय मात्र होइन, विश्वभर narrative warfare  को मुख्य केन्द्र बनेका छन्। पुराना गोप्य कागजात र ऐतिहासिक फाइलहरू पुनः सतहमा आउनुको मुख्य कारण भनेको कसले विश्व राजनीतिक कथा नियन्त्रण गर्छरु कसको व्याख्या प्रभावशाली हुन्छरु कूटनीतिक समर्थन कसले जित्छरु भन्दा पनि अमेरिकी स्वार्थमा चीनका विरुद्धमा चालिएको यो षड्यन्त्र हो। जसको शिकार यो वा त्यो निहुँमा नेपाल पनि क्रमशः भइरहेको छ। नेपाललाई पनि नजानिदो तरिकाले चीनका विरुद्धमा उभ्याउने षड्यन्त्रपूर्ण खेल खेलिदैछ।

यसको प्रभाव अन्तर्राष्ट्रिय स्तरमा तीन तहमा फैलिन्छ। पहिलो, चीन अझ कडा कूटनीतिक लाइनमा जानेछ र तिब्बतसम्बन्धी कुनै पनि आलोचना वा अन्तर्राष्ट्रिय टिप्पणीलाई विदेशी हस्तक्षेपको प्रमाणका रूपमा प्रस्तुत गर्नेछ। दोस्रो, अमेरिका र उसका साझेदारहरू मानवअधिकार, धार्मिक स्वतन्त्रता र तिब्बती पहिचानजस्ता विषयलाई रणनीतिक रूपमा उपयोग गर्दै चीनमाथि कूटनीतिक दबाब निरन्तर बढाउँदै जानेछन्। तेस्रो, तिब्बती आन्दोलन आफैं दुई महाशक्तिबीचको प्रतिस्पर्धाको केन्द्रमा परेर आफ्नो मूल मुद्दा सांस्कृतिक अस्तित्व र स्वतन्त्र अधिकार भू–राजनीतिक सौदाबाजीको वस्तु बन्ने जोखिममा छ।

निष्कर्षमा भन्ने हो भने, सिआईए–तिब्बत कार्यक्रम ऐतिहासिक तथ्य हो। दलाई लामा पक्षले यसलाई मानवीय र प्रशासनिक प्रकृतिको सहयोग भन्छस चीनले यसलाई विदेशी हस्तक्षेपको षड्यन्त्र ठान्छस र अमेरिकी अभिलेखले यसलाई शीतयुद्धकालीन covert strategy को एउटा अध्यायका रूपमा प्रस्तुत गर्छ। वास्तवमा अमेरिकी सहयोग चीनको विकास प्रगति र प्रभाव रोक्न र चीनको अखण्डताका विरुद्धमा थियोे। तर आज, जब चीन–अमेरिका प्रतिस्पर्धा नयाँ मोडमा पुगेको छ, यही ‘पुरानो फाइल’ फेरि पनि ‘नयाँ geopolitical weapon बन्न पुगेको छ, नयाँ कथासहित, नयाँ उद्देश्यसहित, र नयाँ अन्तर्राष्ट्रिय प्रभावसहित।

अब प्रश्न केवल इतिहासको होइन, यसलाई आज कसरी पढिन्छरु कसले यसको व्याख्या निर्धारण गर्छरु र संसारले कुन कथाको पक्ष लिन्छरु यसले परिस्थितिलाई प्रभावित गर्नेछ।