
प्रहरी प्रधान कार्यालयले गैरहाजिर रहेका २७ कर्मचारीलाई सात दिनभित्र हाजिर हुन निर्देशन दिएको छ । प्रधान कार्यालयले एक सूचना जारी गर्दै बाटोको म्याद बाहेक सात दिनभित्र हाजिर हुन उनीहरूलाई निर्देशन दिएको हाे ।
कार्यालयले जारि गरेकाे सूचना अनुसार गैरहाजिर रहनेमा प्रहरी सहायक निरीक्षक १ जना, हबल्दार २ जना, सहायक हबल्दार ३ जना, प्रहरी जवान २० जना र एकजना कार्यालय सहयोगी रहेकाे बताइएकाे छ ।
जसमा दुई जना बाहेक सबै जेनजी आन्दोलनपछि गैरहाजिर रहेको विवरणमा उल्लेख गरिएकाे छ । नाम, ठेगाना र गैरहाजिर भएको मिति सहित सार्वजनिक सूचना जारी गर्दै तोकिएको म्यादभित्र कार्यालयमा उपस्थित हुँदा गैरहाजिर हुनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण नबुझाए कानूनबमोजिम कारबाही हुने चेतावनीसमेत दिइएको छ ।


