Advertisement Banner
Advertisement Banner

१२ बिहिबार, मंसिर २०८२20th November 2025, 6:33:20 pm

पेट्रोल छर्किएर शरीरमा आगो लगाएका पुरुषकाे मृत्यु

११ बुधबार , मंसिर २०८२१६ घण्टा अगाडि

पेट्रोल छर्किएर शरीरमा आगो लगाएका पुरुषकाे मृत्यु

सर्लाहीमा पेट्रोल छर्किएर शरीरमा आगो लगाएका एक पुरुषकाे मृत्यु भएको छ । सर्लाहीको लालबन्दीमा हिँजाे साँझ पेट्रोल छर्किएर शरीरमा आगो लगाएका झापाको गौरादह नगरपालिका-२, का ५५ वर्षीय सूर्यप्रसाद पोखरेलको मृत्यु भएकाे हाे ।

पोखरेलले सर्लाहीको लालबन्दीस्थित पूर्वपश्चिम राजमार्गस्थित लालबन्दी नगरपालिका- ७, मा रहेको डुमडुमे मन्दिर अगाडि पेट्रोल छर्किएर शरीरमा आगो लगाएका थिए । उनको आज बिहान प्रादेशिक अस्पताल जनकपुरमा उपचारका क्रममा मृत्यु भएको हे ।

आगोले जलेर गम्भीर घाइते भएका पोखरेललाई लालबन्दीको एक स्वास्थ्य संस्थामा सामान्य उपचार गरी प्रहरीले राति नै थप उपचारका लागि प्रादेशिक अस्पताल लगेको थियो । उपचारकै क्रममा बिहान २ बजेतिर मृत्यु भएको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक वीरेन्द्रसिंह जोहारीले जानकारी दिएका छन् ।