Advertisement Banner
Advertisement Banner

१२ बिहिबार, मंसिर २०८२20th November 2025, 6:33:20 pm

बीपी राजमार्गकाे राेशी खाेला सडक खण्डमा पुनः निर्माण सुरु

११ बुधबार , मंसिर २०८२१६ घण्टा अगाडि

बीपी राजमार्गकाे राेशी खाेला सडक खण्डमा पुनः निर्माण सुरु

बाढी पहिराेका कारण क्षतिग्रस्त बनेकाे बीपी राजमार्गकाे राेशी खाेला सडक खण्डमा पुनः निर्माणकाे काम सुरु गरिएकाे छ । वर्षा र बाढीका कारण राेशी खाेलाकाे बाढीले क्षतिग्रस्त बनाएकाे बीपी राजमार्गमा एक वर्षपछि ३०.५ किलोमिटरमध्ये २७.३ किमि खण्डमा निर्माण कार्य सुरु गरिएकाे हाे ।

जसअनुसार नेपाल सरकारबाट ठेक्का गरिएका सडक क्षेत्रमा निर्माणकाे काम शुरु गरिएकाे छ भने जाइका अन्तर्गतको ३.२ किमि खण्डमा भने अझै ठेक्का प्रक्रिया अगाडी नबढदा निर्माण कार्य राेकिएकाे छ । सडक डिभिजन कार्यालय भक्तपुर र सिन्धुलीका अनुसार सार्वजनिक खरिद ऐन अनुसार ठेक्का भएका सडक खण्डमा निर्माण व्यवसायी मेसिनसहित परिचालित भइसकेको बताइएकाे छ ।

विगतमा सिंगल लेन रहेकाे विपी राजमार्ग अन्तर्गत भकुन्डेबेसीदेखि नेपालथोकसम्म बाढीले क्षति गरेको ३०.५ किमि क्षेत्रमा दुई लेन सडक निर्माण गराउन थालिएकाे छ भने राजमार्ग अन्तर्गत काभ्रेतर्फ तीन र सिन्धुलीतर्फ एक गरी तीन प्याकेज बनाएर ठेक्का सम्झौता गरिएको छ ।

अहिले सडककाे काम सुरु भइसकेकाे भएतापनि राजमार्गमा पर्ने पुल निर्माणका लागि ठेक्का हुन नसक्दा राजमार्गका साँघुरा पुलका कारण ट्राफिक जाम हुने गरेको छ भने ट्राफिक जामका कारण यात्रुहरुले समस्या भाेग्दै आएका छन् ।