Advertisement Banner
Advertisement Banner

१२ बिहिबार, मंसिर २०८२20th November 2025, 6:33:20 pm

डेंगु संक्रमितको संख्या करिब ८ हजार पुग्याे

११ बुधबार , मंसिर २०८२१५ घण्टा अगाडि

डेंगु संक्रमितको संख्या करिब ८ हजार पुग्याे

मुलुकभर डेंगु संक्रमितको संख्या करिब ८ हजार हारहारीमा पुगेकाे छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा इडिसिडीले सार्वजनिक गरेको तथ्यांक अनुसार अहिले मुलुकभर डेंगु संक्रमितको संख्या ७ हजार ८ सय ८२ पुगेको छ ।

महाशाखाका अनुसार मुलुकभर पछिल्लो एक हप्तामा ५५ जनामा डेंगुको संक्रमण देखिएको छ । यस हप्ता १ सय ९ जनामा डेंगु परीक्षण गर्दा ५५ जनामा पोजेटिभ देखिएको थियाे भने यो सँगै नेपालमा डेंगु संक्रमितको संख्या ७ हजार ८ सय ८२ पुगेको हाे ।

अहिले बागमती प्रदेशमा संक्रमितको संख्या २ हजार २५ पुगेको छ भने गण्डकीमा २ हजार, लुम्बिनीमा १ हजार ३ सय ४, कोशीमा १ हजार ८, सुदूरपश्चिममा ८ सय ४५, कर्णालीमा ५ सय २४ र मधेश प्रदेशमा १ सय ७६ जनामा डेंगुको संक्रमणका बिरामी भेटिएका छन् ।  

यसअघि गर्मी र वर्षातको समयमा ताराई क्षेत्रमा मात्र देखिने डेंगु पछिल्लो समय बाह्रै महिना र हिमाली क्षेत्रमा समेत देखिन थालेको छ । जलवायु परिवर्तनको असरले लामखुट्टेको प्रजनन समयावधि लम्बिनु, तापक्रममा असामान्य वृद्धि हुनु, वर्षा चक्रको अनियमियताले डेंगुको संक्रमण बढ्दै गएको चिकित्सकहरू बताउँछन् ।