Advertisement Banner
Advertisement Banner

१२ बिहिबार, मंसिर २०८२20th November 2025, 6:33:20 pm

लोकतन्त्र र सुशासन बिषयक तालिम नेपालगञ्जमा

११ बुधबार , मंसिर २०८२५ घण्टा अगाडि

लोकतन्त्र र सुशासन बिषयक तालिम नेपालगञ्जमा

मंसिर १० गते, नेपालगञ्ज बास नेपालको आयोजनामा नेपालगञ्जमा लोकतन्त्र र सुशासन बिषयक तालिम सम्पन्न गरिएको छ ।
बास नेपालले संस्थाका सक्रिय सदस्यहरुलाई लक्षित गरि हरेक महिना बिभिन्न तालिमहरु गर्दै आएकोमा आज बुधवार उक्त तालिम दिईएको हो ।
हरेक ब्यक्तिहरुमा सुशासन र लोकतन्त्रको बारेमा जानकार हुनुपर्ने भन्ने ध्येएका कारण बास नेपालको सुशासन हलमा आयोजना गरिएको उक्त तालिममा बाँके र बर्दियामा रहेका बास नेपालका सक्रिय सदस्यहरु सहभागी रहेको तालिम २ घण्टा सम्म चलेको थियो ।
महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जका उप प्रध्यापक तथा बास नेपालका संस्थापक सल्लाहकार रुद्र प्रशाद तिमिल्सिनाले लोकतन्त्रका आधारभुत तत्वहरु, मानव अधिकार र सुशासन सम्बन्धी कुराहरुको बारेमा प्रशिक्षण दिएका थिए ।
४० जना सहभागी रहेको उक्त तालिममा बास नेपालका केन्द्रीय पदाधीकारीहरुको सक्रिय उपस्थिति रहेको थियो भने तालिममा बास नेपालका केन्द्रीय उपाध्यक्ष तथा तालिम बिभाग प्रमुख दिला शाहले स्वागत भनाई राखेकी थिईन् ।
कार्यक्रम सञ्चालन बास नेपालका जन सम्पर्क अधिकृत माधव कार्कीले सञ्चालन गरेका थिए ।

माधव कार्की
जन सम्पर्क अधिकृत
बास नेपाल
मोबाईल नम्बर ९८५८०७७७४१