Advertisement Banner
Advertisement Banner

१२ बिहिबार, मंसिर २०८२20th November 2025, 6:33:20 pm

पशुपतिनाथ मन्दिरबाट फलामका बार हटाइने

१२ बिहिबार , मंसिर २०८२११ घण्टा अगाडि

पशुपतिनाथ मन्दिरबाट फलामका बार हटाइने

संघीय राजधानी काठमाडाैँमा रहेकाे विश्वसम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ मन्दिरबाट फलामका बार हटाइने भएको छ । मन्दिरभित्र भक्तजनलाई लाममा राख्न सजिलो हुने भनेर राखिएको फलामको बारले सम्पदालाई असर गर्ने भएपछि हटाउन लागिएकाे हाे ।

पशुपति क्षेत्र विकास कोषका अनुसार उक्त फलामकाे बारले सम्पदालाई असर गर्ने भएपछि हटाउने तयारी गरिएको बताइएकाे छ । कोषका निमित्त सदस्यसचिव सुभाषचन्द्र जोशीले मूल मन्दिरभित्र लाम व्यवस्थित गर्न राखिएको फलामलाई काठ र डोरीले प्रतिस्थापित गरिने जानकारी दिएका छन् ।

यता पुरातत्व विभागले कोषलाई फलामका बार र फलामबाट बनाइएको आकाशेपुल हटाउन भनेको थियो भने विभागका प्रमुख पुरातत्व अधिकृत सन्दीप खनालले विश्वसम्पदा क्षेत्रलाई यसरी राखिएका फलामे सामग्रीले असर गर्ने भएपछि हटाउन पत्राचार गरिएको जनाएकाे छ ।