
नेपाल प्रिमियर लिग (एनपिएल)काे दोस्रो संस्करण अन्तर्गत आज दुई खेल हुँदैछ । पहिलाे खेल बिहान पाैने १२ बजे र दाेश्राे खेला दिउँसाे ४ बजे हुनेछ ।
आजकाे पहिलाे खेल बिहान पाैने १२ बजे लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच हुनेछ भने दाेश्राे खेला दिउँसाे ४ बजे जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ । दुवै खेल त्रिभुवन विश्वविद्यालयको अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा हुनेछ ।
रोहितकुमार पौडेलको कप्तानीमा रहेकाे लुम्बिनी लायन्सले दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेकाे सुदूरपश्चिमसँग प्रतिस्पर्धा गर्नेछ । तीन खेलमा एक खेल मात्र जितेको लुम्बिनी अंक तालिकाको छैटौँ स्थानमा रहेकाे छ । यता दीपेन्द्रसिंह ऐरीको कप्तानीमा सुदूरपश्चिम लगातार तीन जितका साथ ६ अंक सहित अंक तालिकाकाे शीर्ष स्थानमा रहेकाे छ ।
त्यसैगरि अनिल शाह नेतृत्वको साविक विजेता जनकपुर बोल्ट्स र कुशल भुर्तेलको कप्तानीमा रहेकाे पोखरा एभेन्जर्सबीच दिउँसाे ४ बजे कडा प्रतिस्पर्धा गर्दैछन् । जित आफ्नो पोल्टामा पार्ने दाउमा रहेका दुवै टाेलि यसअघिकाे दुवै खेलमा पराजित भएका थिए ।


