Advertisement Banner
Advertisement Banner

१२ बिहिबार, मंसिर २०८२20th November 2025, 6:33:20 pm

यूएईले नेपालीका लागि भिसा खुला गर्‍याे

१२ बिहिबार , मंसिर २०८२११ घण्टा अगाडि

यूएईले नेपालीका लागि भिसा खुला गर्‍याे

संयुक्त अरब इमिरेट्स (यूएई)ले यसअघि बन्द गरेकाे भिसा पुनः खुला गरेको छ । गत भदाै २३ र २४ गतेकाे जेनजी आन्दोलनपछि लगाएकाे रोक हटाउँदै यूएईले नेपालीका लागि श्रम तथा भिजिट भिसा पुनः खुला गरेको हाे ।

यूएईले नेपालीका लागि भिसा पुनः खुला गरेको भएपनि अब यूएई जानका लागि प्रहरीको चारित्रिक प्रमाणपत्र (पुलिस रिपोर्ट) अनिवार्य हुने बताइएकाे छ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भुवन सिंह गुरुङका अनुसार यूएईले भिसा खुला गरेसँगै केही नेपालीले आजै भिसा प्राप्त गर्न थालेकाे बताइएकाे छ ।

यसअघि यूएईले भिसा रोकिएको बारे औपचारिक जानकारी दिएको थिएन । तर, भदौ २४ गतेको जेनजी प्रदर्शनपछि जेलबाट कैदी फरार भएको घटनालाई कारण देखाउँदै भिसा प्रक्रिया अस्थायी रूपमा रोकिएको बताइँदै आएको थियो ।