Advertisement Banner
Advertisement Banner

१२ बिहिबार, मंसिर २०८२20th November 2025, 6:33:20 pm

सुनकाे मूल्य घट्दा चाँदीकाे मूल्य बढ्याे

१२ बिहिबार , मंसिर २०८२१० घण्टा अगाडि

सुनकाे मूल्य घट्दा चाँदीकाे मूल्य बढ्याे

आज नेपाली बजारमा सुनकाे मूल्य ४ सयले घटेकाे छ भने चाँदीकाे मूल्य ६० रुपैयाँले बढेकाे छ । सुनकाे मूल्य घटेसँगै आज प्रतिताेला सुनकाे मूल्य २ लाख ४८ हजार ४०० कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य ४ सयले घटेर २ लाख ४८ हजार ४०० कायम भएको हाे । त्यस्तै आज चाँदीको मूल्य तोलाकाे ६० रूपैयाँले बढेर ३ हजार २ सय ८० कायम भएको छ ।

यसअघि हिजो सुनको मूल्य प्रतितोला २ लाख ४८ हजार ८ सय थियो भने चाँदी ३ हजार २ सय २० रुपैयाँमा कारोबार भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज एक औँस सुन ४ हजार १ सय ५४ र चाँदी ५३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।