
गरगहनाहरू सहित दुई जना पक्राउ
काठमाडौं, ११ मंसिर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको होल्ड ब्यागेज चेकिङ एरियाबाट सुन, चाँदी तथा मोतीको जस्तो देखिने गरगहनाहरू सहित २ जना अमेरिकी नागरिकहरू मंगलबार राति पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा ३२ वर्षीय सुनिल शंकर र ३१ वर्षीया विनिता गजमेर रहेका छन् ।
एयर इन्डियाको उडानद्वारा काठमाडौंबाट दिल्ली हुँदै संयुक्त राज्य अमेरिका जान लागेका उनीहरूलाई जाँच गर्ने क्रममा सुनिलको लगेजबाट सुन जस्तो देखिने धातुका गरगहना करिब ३१ ग्राम ४ सय मिलिग्राम, चाँदी जस्तो देखिने धातुका गरगहना करिब १ किलो ३ सय ४६ ग्राम र मोतीको जस्तो देखिने धातुका गरगहना करिब ५३ ग्राम तथा द्यक्ष्ल्क्ष्त्ब् को लगेजबाट सुन जस्तो देखिने धातुका गरगहना करिब ९१ ग्राम ७ सय ५ मिलिग्राम फेला पारी पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको छ ।
अवैध लागूऔषध सहित ६ जना पक्राउ
काठमाडौं,११ मंसिर, मकवानपुर, हेटौंडा उपमहानगरपालिका(१ तरकारी बजारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १५ हजार ९ सय ६० ट्याब्लेट सहित सोही उपमहानगरपालिका(१३ बस्ने २७ वर्षीय सोनम मोक्तानलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले बा।प्र।०३(०० १ ह ०१२६ नम्बरको अटोलाई जाँच गर्ने क्रममा अटोमा लुकाई छिपाई राखेको उक्त परिमाणको लागूऔषध फेला पारी अटो चालक सोनमलाई पक्राउ गरेको हो ।
स्याङ्जा, पुतलीबजार नगरपालिका(१ अभियान पथबाट नियन्त्रित लागूऔषध डाइजेपाम ६ एम्पुल, फेनारगन ६ एम्पुल र बुप्रेनोर्फिन ६ एम्पुल सहित सोही ठाउँ बस्ने २६ वर्षीय सन्देश विकलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो
सिराहा, नरहा गाउँपालिका(३ चौहर्वा चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ६ ग्राम ५० मिलिग्राम र डिजिटल तराजु १ थान सहित सर्लाही हरिवन नगरपालिका(१० बस्ने ३२ वर्षीय कृष्ण रिजाल समेत ४ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
डुबेर मृत्यु
कास्की, ११ मंसिर, पोखरा महानगरपालिका(१४ भोटेचौतरा बस्ने रमेश ठडराईको छोरा १८ महिनाको सम्राट ठडराईको सोही ठाउँस्थित पोखरीमा डुबेर बिहीबार बिहान मृत्यु भएको छ ।
डुबेर अशक्त भएका उनको अन्नपुर्ण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
मृत अवस्थामा फेला
बाँके, कोहलपुर नगरपालिका(१० आरसी टोलमा नेपालगंज उपमहानगरपालिका(१ बस्ने ५० वर्षीय कृष्ण बहादुर सुनार बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी बाँके, नेपालगंज उपमहानगरपालिका(२ पुष्पलाल चोकस्थित रूकमेली सिस्ने होटल एण्ड लजको कोठा नम्बर १०३ मा दाङ तुलसीपुर बस्ने ३६ वर्षीय देवराज देवकोटा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
सप्तरी, सुरूङ्गा नगरपालिका(११ स्थित बाटो छेउमा रहेको सार्वजनिक दहमा सोही नगरपालिका(११ खजनपुर टोल बस्ने ७० वर्षीय रामदेव मण्डल बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
पाल्पा, तानसेन नगरपालिका(८ पाडेखर्क बस्ने ५५ वर्षीया रूकमाया नेपाली आफ्नै घर नजिकै सडक छेउमा बिहीबार मृत अवस्थामा फेला परेकी छिन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
गौरादह नगरपालिका(५ चान्दु टोल बस्ने कुल बहादुर थापाको गोठमा गए राति आगलागी हुँदा गोठ पूर्णरूपमा जलेर करिब ८ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
यसैगरी झापा, अर्जुनधारा नगरपालिका(८ हात्तीकिल्ला बस्ने राजन चौलागाईको घरको छतमा रहेको पूजा कोठामा बिहीबार बिहान आगलागी हुँदा करिब १ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।


