
मंसिर १ गतेदेखि काठमाडाैँकाे किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल)काे दोस्रो संस्करण अन्तर्गत आज दुई खेल हुँदैछ । आजकाे पहिलाे खेल पाैने १२ बजे चितवन राइनोज र काठमाडौँ गोर्खाज हुन लागेकाे हाे ।
पहिलाे खेल खेल्ने तयारीमा रहेकाे चितवन राइनोज चार अंक सहित अंक तालिकाकाे तेश्राे स्थानमा रहेकाे छ भने काठमाडौँ गोर्खाजले दुई अंक मात्र बटुलेको छ ।
त्यसैगरि आजकाे दाेश्राे खेल दिउँसाे ४ बजे कर्णाली याक्स र विराटनगर किङ्सबीच हुनेछ । यसअघिकाे तीन खेलबाट दुई अंक जोडेको कर्णालीलाई प्लेअफको यात्रालाई कायम राख्न जित्नैपर्ने दबाब रहेकाे छ ।
यता अंक तालिकाको दोस्रो स्थानमा रहेको विराटनगरले चार खेलबाट छ अंक जोडेको छ भने आजको खेल जितेमा उसको प्लेअफको यात्रा सहज हुनेछ ।


