
सामान्य वर्षा हुने बितिकै हिलाम्य हुने कुलेश्वर फलफूल बजार अब भने व्यवस्थित हुने भएको छ । वर्षा हुनेबित्तिकै हिलो र अव्यवस्थित हुने कुलेश्वरकाे फलफूल बजार काठमाडौं महानरपालिकाले मर्मत गरेर व्यवस्थित बनाउन लगेकाे हाे ।
महानरपालिकाले फलफूल बजार क्षेत्रमा अहिले ढलान (कंंक्रिट) गर्ने काम अगाडि बढाएको छ । सामान्यतया हिलाम्मे हुने उक्त फलफूल बजार वर्षाको समयमा हिँड्न समेत नमिले अवस्था हुने गरेकाेमा महानगरपालिकाले व्यवस्थित बनाउन लागेकाे हाे ।
बजारको हिलाम्य र बिग्रिएको बाटाेकाे अवस्थाले थोक व्यापारीदेखि उपभोक्तासम्म सबैलाई समस्या हुने गरेकाेमा अव भने व्यवस्थित हुने भएकाे छ ।
संगठित बजार संरचना नहुनु र कमजोर ढल निकास प्रणालीका कारण यस्ता समस्या हरेक वर्ष वर्षाको समयमा दोहोरिने र त्यसकाे साथै बागमती नदीको बाढीले फलफूल बजारमा ठूलो क्षति समेत पुर्याउने गरेको थियाे । अहिले ढलानसँगै अवस्था सहज हुने अपेक्षा गरिएको व्यापारीहरुकाे भनाइ रहेकाे छ ।


