Advertisement Banner
Advertisement Banner

१३ शुक्रबार, मंसिर २०८२20th November 2025, 6:33:20 pm

सुनको मूल्य साढे २ लाख नाघ्याे

१३ शुक्रबार , मंसिर २०८२७ घण्टा अगाडि

सुनको मूल्य साढे २ लाख नाघ्याे

नेपाली बजारमा सुनको मूल्य निरन्तर वृद्धि भइ प्रतितोला साढे २ लाख नाघेको छ । आज प्रतिताेला २ हजार २ सय रुपैयाँले बढेर २ लाख ५० हजार ६ सय रुपैयाँमा काराेवार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

गत सातादेखि सुनको मूल्यमा वृद्धि हुँदै आएको छ भने एक सातामा प्रतितोला झण्डै ९ हजार रुपैयाँ बढेको छ । यसअघि गत असोज ३१ गते सुन प्रतितोला २ लाख ५८ हजार रुपैयाँ पुग्दा हालसम्मकै रेकर्ड बनेको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेकाे छ । चाँदी बढेर आज प्रतितोला ३ हजार ३ सय ४५ रुपैयाँमा काराेवार भइरहेकाे पनि महासंघले जनाएकाे छ । यसअघि असोज ३१ गते चाँदी ३ हजार ३ सय ५० रुपैयाँसम्म पुगेकाे थियाे ।