
डाँका चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ
स्याङ्जा, १२ मंसिर, डाँका चोरी मुद्दाका फरार प्रतिवादी पुतलीबजार नगरपालिका(८ अरभ्याङ बस्ने ६४ वर्षीय कान्छो भन्ने बुद्धि बहादुर शाहीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत स्याङ्जाको २०४३ माघ ७ गतेको फैसलाले उक्त मुद्दामा ८ महिना ४ दिन कैद सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत स्याङ्जामा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि जिल्ला कारागार स्याङ्जा पठाइएको छ ।
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २१ जना पक्राउ
काठमाडौं, १२ मंसिर, रूपन्देही, सिद्धार्थनगर नगरपालिका(१ डण्डा पुलबाट नियन्त्रित लागूऔषध डाईजेपाम ५० एम्पुल, फेनारगन ५० एम्पुल र आईपिपिएल ५० एम्पुल सहित २ जनालाई बिहीबार साँझ प्रहरीले प्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत महाराजगंज नौतनवा बस्ने २५ वर्षीय विशाल कुमार यादव र २५ वर्षीय प्रदिप कुमार यादव रहेका छन् । इलाका प्रहरी कार्यलाय बेलहिया समेतबाट खटिएको प्रहरीले बेलहियाबाट भैरहवातर्फ पैदल जाँदै गरेका उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यसैगरी रूपन्देही, सैनामैना नगरपालिका(८ भडसाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय मिलिग्राम सहित ३० वर्षीय सुरेन्द्र थारूलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
बाँके, जानकी गाउँपालिका(६ भाटनपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम १ सय ८० मिलिग्राम र नगद १३ हजार ७५ रूपैयाँ सहित कोहलपुर नगरपालिका(१४ हवल्दारपुर डेरा गरी बस्ने ३८ वर्षीय प्रवेस अहम्दलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले भे।५ प ४१०२ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी बाँके, कोहलपुर नगरपालिका(२ कौशीलानगर बस्ने २८ वर्षीय सागर जिसिलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४० मिलिग्राम सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
चितवन, माडी नगरपालिका(६ रिमाल खोलाको पुलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २२ ट्याब्लेट सहित सोही नगरपालिका(७ देवेन्द्रपुर बस्ने २६ वर्षीय आशिष भुजेललाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय माडीबाट खटिएको प्रहरीले ना।४५ प ७६५८ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उनको घर तलासी गर्दा थप ट्रामाडोल ३ सय ट्याब्लेट फेला पारी प्रहरीले बरामद गरेको छ ।
कास्की, पोखरा महानगरपालिका(६ लेकसाईड बस्ने २३ वर्षीया आन्सी परियारलाई नियन्त्रित लागूऔषध डाईजेपाम ३४ एम्पुल, फेनारगन ३३ एम्पुल र न्युफिनोडिन लेखेको ३४ एम्पुल सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
बर्दिया, बढैयाताल गाउँपालिका(२ फुटाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ६ सय ६० मिलिग्राम सहित बैजनाथ गाउँपालिका(३ उत्तर लधौरा बस्ने २० वर्षीय रबिन्द्र कुमार थारू समेत २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गेको हो ।
कैलाली, धनगढी उपमहानगरपालिका(११ बेला बस्ने २८ वर्षीय अर्जुन चौधरी र ३२ वर्षीय आशाराम चौधरीलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखने पदार्थ ८ ग्राम ५ सय ८० मिलिग्राम सहित बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध ब्यूरो शाखा कार्यालय धनगढी र वडा प्रहरी कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरको हो ।
यसैगरी कैलाली, गोदावरी नगरपालिका(२ अत्तरिया बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ ग्राम ६ सय ८० मिलिग्राम सहित २ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बझाङ जयपृथ्बी नगरपालिका(१० बस्ने २२ वर्षीय विशाल सिंह र २० वर्षीय घर्मेन्द्र सुनार रहेका छन् । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
बारा, विश्रामपुर गाउँपालिका(१ खेखरीयाबाट अवैध लागूऔषध कोकिन जस्तो देखिने पदार्थ करिब २१ ग्राम ६ सय ५० मिलिग्राम सहित भारत पूर्वी चम्पारण बिहार नायकटोल बस्ने ३५ वर्षीय लाल बाबु साहलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय छतवाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ०५ एएन ३५३२ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
दाङ, तुलसीपुर उपमहानगरपलिका(७ राजापुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ३० मिलिग्राम सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २२ वर्षीय प्रविन परियार र सोही नगरपालिका(७ पर्सेनी बस्ने २८ वर्षीय शिव थापा रहेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
इलाम, इलाम नगरपालिका(७ बस्ने छिरिङ दोर्जे लामा समेत ५ जनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ ग्राम ७० मिलिग्राम सहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय इलाम र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा झापाबाट खटिएको प्रहरीले छिरिङको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
पेस्तोल तथा रिभल्भर सहित पाँच जना पक्राउ
काठमाडौं, १२ मंसिर, काठमाडौंका विभिन्न स्थानबाट पेस्तोल २ थान र म्याग्जिन १ थान सहित ३ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका(२८ बागबजार बस्ने मकवानपुर बागमती गाउँपालिका(७ घर भएका २५ वर्षीय निकेश विक, २५ वर्षीय सुरज विक र काठमाडौं महानगरपालिका(२८ भृकुटीमण्डप बस्ने बागलुङ ढोरपाटन नगरपालिका(३ घर भएका २५ वर्षीय बालकृष्ण गैरे रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पेस्तोल सहित फेला पारी पक्राउ गरेको हो । उनीहरूलाई हातहतियार तथा खरखजाना सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।
यसैगरी काठमाडौं, नागार्जुन नगरपालिका(६ रामकोट सिभिल होम नजिक बस्ने तनहुँ भानु नगरपालिका(९ घर भएका ४१ वर्षीय मनोज कुमार सुन्दासलाई पेस्तोल १ थान, म्याग्जिन १ थान र गोली ८ राउण्ड सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग फस्कु समेतबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पेस्तोल फेला पारी पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं महानगरपालिका(२१ लगन डेरा गरी बस्ने भारत बिहार घर भएका १६ वर्षीय किशोरलाई रिभल्भर १ थान सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त रिभल्भर फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौं, १२ मंसिर, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी गोकर्णेश्चर नगरपालिका(६ बौद्ध बस्ने रामेछाप उमाकुण्ड गाउँपालिका(९ घर भएका ३० वर्षीय मिङमार शेर्पालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
उक्त मुद्दामा फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले गोकर्णेश्चर नगरपालिका(६ बौद्धबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।
जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ
कास्की, १२ मंसिर, पोखरा महानगरपालिका(१२ गुम्बा फेदीस्थित ४८ वर्षीय दिपक गुरूङले संचालन गरेको दिक्षा खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा दिपक समेत ७ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ८ हजार १ सय ६५ रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु
काठमाडौं, १२ मंसिर, सुनसरी, धरान उपमहानगरपालिका(८ तिनकुनेस्थित सडकमा रोकी राखेको प्र।१(०२(००१ ख ८७५७ नम्बरको ट्रकमा प्र।१(०३(००१ प १३२४ नम्बरको मोटरसाइकल ठक्कर खाई गए राति दुर्घटना हुँदा मोटरसाइकल चालक इटहरी उपमहानगरपालिका(४ बस्ने २५ वर्षीय मन्जिल लिम्बुको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरानमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका(४ कर्रा चोकस्थित सडकमा ना। ३८प ५८५० नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही उपमहानगरपालिका(१० कर्रामा डेरा गरी बस्ने पर्सा वीरगंज महानगरपालिका(१६ नागुवा घर भएकी ५५ वर्षीय खुइली डोमको बिहीबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कपिलवस्तु, बाणगंगा नगरपालिका(४ सिद्धिपुरस्थित सडकमा लु।प्र।०१(००१ क ०३६३ नम्बरको ईभी भ्यानको ठक्करबाट सोही नगरपालिका(५ कोपुवा बस्ने रेमलाल खनालको छोरा ७ वर्षीय प्रियान्स खनालको बिहीबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको चितवन मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । भ्यान चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रौतहट, गौर नगरपालिका(१ ट्रान्समिटर चोकस्थित सडकमा बीआर ३० एएल ४२२३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक भारत सितामढी ग्राम मेजरगंज बस्ने ३० वर्षीय जमसैद मंसुरी र मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २५ वर्षीय महमद भैजादको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा मृत्यु भएको हो ।
रूकुम पश्चिम, वाफिकोट गाउँपालिका(७ बास्तोलास्थित सडकमा क। प्र।०३(००१ प ०६१३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही गाउँपालिका(७ बस्ने ४६ वर्षीय झलक खत्रीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल सल्लेमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकलाई थप उपचारको लागि संजिवनी मेडिकल कलेज नेपालगञ्ज रिफर गरिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
काठमाडौं, १२ मंसिर, झापा, बिर्तामोड नगरपालिका(२ चैतुवारीस्थित दुर्गा स्टिल प्रालि उद्योगको कामदारहरु बस्ने घरमा बिहीबार साँझ आगलागी हुँदा करिब ६ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट एको छ ।
कैलाली, बर्दगोरिया गाउँपालिका(३ बुटकुवा बस्ने जोगी विकको घरमा बिहीबार राति आगलागी हुँदा घर पूर्णरूपमा जलेर नष्ट भएको छ ।
मोरङ, रंगेली नगरपालिका(८ बेदमारी बस्ने महेन्द्र सरदारको घरमा बिहीबार दिउँसो आगलागी हुँदा करिब २ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
रौतहट, बौधीमाई नगरपालिका(९ सरमुजवा बस्ने ५६ वर्षीय सियाराम राय यादवको घरमा विद्युत सर्ट भई बिहीबार साँझ आगलागगी हुँदा करिब ९ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
विभिन्न धनमाल चोरी
काठमाडौं, १२ मंसिर, काठमाडौं महानगरपालिका(१६ माछापोखरी बिगमार्ट नजिक डेरा गरी बस्ने २८ वर्षीय कुमार भुजेलको कोठाबाट सुन तथा चाँदीका गरगहना गरी करिब १ लाख ४६ हजार रूपैयाँ बराबरको धनमाल बिहीबार बिहान चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।


