
नेपाल आयल निगमले डिजेल/मट्टितेलको मूल्य घटाएको छ भने हवाई इन्धनकाे मूल्य बढाएकाे छ । निगम सञ्चालक समितिको बैठकले गएराति १२ बजेपछि लागू हुनेगरि मूल्य निर्धारण गरेकाे हाे ।
निगमले डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर १ रूपैयाँले घटाएको छ । मूल्य समायोजनसँगै डिजेल/मट्टितेल पहिलो वर्गका लागि प्रतिलिटर १४३ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १४५ रुपैयाँ र तेस्रो वर्गका लागि १४६ रुपैयाँ कायम भएको छ ।
त्यसैगरि हवाई इन्धनको मूल्य बढाएको निगमले आन्तरिकतर्फ प्रतिलिटर रु ६ र अन्तरराष्ट्रियतर्फ काठमाडौँमा प्रतिकिलोलिटर अमेरिकी डलर ४२ बढाइएको छ । मूल्य बढेसँगै आन्तरिकतर्फ हवाई इन्धनको मूल्य प्रतिलिटर रु १३४ र अन्तरराष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर १ हजार १५ पुगेको छ ।
इन्डियन आयल कर्पोरेसनबाट प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार डिजेल/मट्टितेलमा प्रतिलिटर १ रुपैयाँ ४४ पैसा तथा हवाई इन्धनमा प्रतिलिटर पाँच रुपैयाँ ६२ पैसा बढेर आएकाले खुद्रा बिक्री मूल्य समायोजन गरिएको निगमले जनाएकाे छ ।
हाललाई पेट्राेल र एलपि ग्याँसकाे मूल्य भने यथावत राखिएकाे निगमले जनाएकाे छ ।


