Advertisement Banner
Advertisement Banner

१८ बुधबार, मंसिर २०८२20th November 2025, 6:33:20 pm

म्याग्दीमा ट्रकसहित नदीमा खसेका चालकको उद्धार

१६ सोमबार , मंसिर २०८२२ दिन अगाडि

म्याग्दीमा ट्रकसहित नदीमा खसेका चालकको उद्धार

म्याग्दीमा बिहान साढे २ बजेतिरकाे समयमा ट्रकसहित खसेका चालकको उद्धार गरिएकाे छ । म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत बेनी नगरपालिका–४, र मङ्गला गाउँपालिका–२, को सिमानामा पर्ने फापरखेतको पहिरोबाट ट्रकसहित नदीमा खसेका चालकको सुरक्षाकर्मीले उद्धार गरेकाे हाे ।

भैरहवाबाट सिमेन्ट बोकेर दरवाङ तर्फ जाँदै गरेको ग २ ख ०८४० नम्वरको ट्रक फापरखेत पहिरोको घुमाउरो र साँघुरो सडकबाट बिहान साढे २ बजेतिरको समयमा म्याग्दी नदीमा खसेको थियो । ट्रकका चालक पाल्पाको तानसेन नगरपालिका–८, मदनपोखराका ३४ वर्षीय गोविन्दबहादुर खाम्चा ट्रकसहित नदीमा खसेकाे प्रहरीले जनाएकाे छ ।

प्रहरी निरीक्षक सागर तिमिल्सिना र सिङ्गा तातोपानी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक दिवाकर सुवेदीको १३ जना प्रहरीको टोलीले म्याग्दी नदीको पानीमा खसेको ट्रकभित्र रहेका चालक खाम्चालाई उद्धार गरेको बताइएकाे छ । निधारमा चोट र शरीरको विभिन्न भाग दरालिएको अवस्थामा उद्धार गरिएका चालक खाम्चाको प्रदेश अस्पताल बेनीमा उपचार भइरहेको छ ।

उपचारमा संलग्न चिकित्सकका अनुसार चालकको अवस्था खतरामुक्त रहेकाे छ भने नदीभित्र रहेको ट्रक निकाल्ने प्रयास भइरहेको छ । प्रहरीका अनुसार ट्रकमा ३ सय ४० बोरा सिमेन्ट रहेकाे बताइएकाे छ । उक्त स्थानमा यसअघि गत असोजमा पनि सिमेन्ट बोकेको ट्रक खसेको थियो ।