Advertisement Banner
Advertisement Banner

१८ बुधबार, मंसिर २०८२20th November 2025, 6:33:20 pm

फेरि बढ्याे सुनचाँदीकाे मूल्य

१६ सोमबार , मंसिर २०८२२ दिन अगाडि

फेरि बढ्याे सुनचाँदीकाे मूल्य

नेपाली बजारमा सुनचाँदीको मूल्य निरन्तर उकालाे लागेकाे छ । दैनिक उकालाे तर्फ लागेकाे सुनचाँदीकाे मूल्यले आज पनि निरन्तरता पाएकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार ४ सय रुपैयाँले बढेको छ । हिँजाे आईतवार प्रतितोला २ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनकाे मुल्य बढेर आज प्रतितोला २ लाख ५३ हजार ६ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

त्यसैगरि आज चाँदीको मूल्य पनि प्रतितोला ४५ रुपैयाँले बढेको छ । आईतवार प्रतितोला ३ हजार ४ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार ५ सय ३५ रुपैयाँ कायम भएको महासंघले जनाएकाे छ ।