Advertisement Banner
Advertisement Banner

१८ बुधबार, मंसिर २०८२20th November 2025, 6:33:20 pm

    नेपाल प्रहरी समाचार

१६ सोमबार , मंसिर २०८२एक दिन अगाडि

    नेपाल प्रहरी समाचार

 अवैध लागूऔषध सहित तीन जना पक्राउ
काठमाडौं, १५ मंसिर, काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका(६ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल ९ सय ट्याब्लेट सहित काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका(९ घर भएका २९ वर्षीय सुदिप तामाङ समेत २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 
बर्दिया, गुलरिया नगरपालिका(१ बोहरा चोक बस्ने २३ वर्षीय सुरज चौधरीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४० मिलिग्राम सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी तारातालबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।

स्रोत नखुलेको नगद सहित एक जना पक्राउ
मोरङ, १५ मंसिर, विराटनगर महानगरपालिका(१५ बाट स्रोत नखुलेको भारतीय २ लाख ५० हजार रूपैयाँ सहित भारत उत्तर प्रदेश बस्ने २५ वर्षीय मनिष यादवलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 
इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त नगद सहित पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय इटहरी सुनसरी पठाइएको छ । लाखोलाको दहमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।