Advertisement Banner
Advertisement Banner

१८ बुधबार, मंसिर २०८२20th November 2025, 6:33:20 pm

एनपिएलमा आज दुई खेल हुने

१७ मंगलबार , मंसिर २०८२१७ घण्टा अगाडि

एनपिएलमा आज दुई खेल हुने

काठमाडाैँकाे कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल)काे दोस्रो संस्करण अन्तर्गत आज दुई खेल हुँदैछ । मंसीर १ गतेदेखि जारी खेलमा हिजाे कुनै खेल भएन भने आज दुई खेल हुन लागेकाे हाे ।

आजकाे पहिलाे खेल बिहान पाैने १२ बजे साविक विजेता जनकपुर बोल्ट्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ । त्यसैगरि दाश्राे खेल दिउँसाे ४ बजे पोखरा एभेन्जर्स र कर्णाली याक्सबीच हुने खेल तालिका रहेकाे छ ।

लगातार चार खेल हारेको जनकपुर बोल्ट्सले यो खेल जिते प्लेअफको दौडमा कायम रहने छ भने चार खेल मध्ये दुई खेल जितेको चितवन राइनोजले यो खेल जिते प्लेअफको सम्भावना बलियो बनाउन सक्नेछ ।

त्यसैगरि दिउँसाे ४ बजे हुने दोस्रो खेल पोखरा र कर्णाली दुवै टोलीका लागि यो खेल प्लेअफ पुग्न महत्त्वपूर्ण हुनेछ । चार खेलमा एक खेलमात्र जितेको पोखरालाई यो खेल जिते प्लेअफको यात्रामा पुग्न सहज हुनेछ ।