Advertisement Banner
Advertisement Banner

१८ बुधबार, मंसिर २०८२20th November 2025, 6:33:20 pm

न्यून चापीय प्रणालीका कारण केहि स्थानमा आंशिक बदली हुने

१७ मंगलबार , मंसिर २०८२१५ घण्टा अगाडि

न्यून चापीय प्रणालीका कारण केहि स्थानमा आंशिक बदली हुने

दक्षिण–पश्चिम बङ्गालको खाडी र भारतको तमिलनाडु आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभावका कारण मुलुककाे केहि स्थानकाे माैसम आंशिक बदली हुने भएकाे छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेस र वाग्मती प्रदेशका केहि स्थानमा न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेकाले आंशिक बदली हुने भएकाे हाे ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी र हिमाली भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ ।

आज बिहान काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस मापन गरिएको थियो । आजको अधिकतम तापक्रम १९ देखि २१ डिग्री सेल्सियसबीच रहने महाशाखाले जनाएकाे छ ।