Advertisement Banner
Advertisement Banner

१८ बुधबार, मंसिर २०८२20th November 2025, 6:33:20 pm

भोजपुरमा तीन दर्जन ज्येष्ठ नागरिक सम्मनित

१७ मंगलबार , मंसिर २०८२१४ घण्टा अगाडि

भोजपुरमा तीन दर्जन ज्येष्ठ नागरिक सम्मनित

भोजपुर जिल्लाकाे टेम्केमैयुङ गाउँपालिका–४, मा झण्डै तीन दर्जन ज्येष्ठ नागरिक सम्मनित भएका छन् । समाज निर्माणमा जीवनभर याेगदान पुर्‍याएका ३० जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको हाे ।

हिजाे आयोजित एक कार्यक्रममा १०३ वर्षीय इन्द्रबहादुर राईसहित ८० वर्षमाथिका ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियाे । उक्त अवसरमा उनीहरूलाई वडा कार्यालयले सम्मानपत्र र न्यानाे कपडा समेत प्रदान गरेको थियो ।

उक्त सम्मान कार्यक्रममा कोशी प्रदेशका सांसद विनोद वान्तवाले ज्येष्ठ नागरिकको स्याहारसुसार, स्वास्थ्योपचार, सुरक्षा तथा अधिकार संरक्षणमा सबै तहका निकायले गम्भीर हुनुपर्ने बताएका थिए । त्यसैगरि गाउँपालिका अध्यक्ष सरोज बस्नेतले ज्येष्ठ नागरिक राष्ट्रका गौरव भएकाले भावी पुस्तालाई संस्कार सिकाउन कार्यक्रमले सहयोग पुर्‍याउने विश्वास व्यक्त गरेका थिए ।

त्यस्तै वडाध्यक्ष हर्कराज राईले ज्येष्ठ नागरिकको सम्मान गर्नु वडा र वडावासीको कर्तव्य भएकाे बताएका थिए ।