Advertisement Banner
Advertisement Banner

२५ शनिबार, माघ २०८२9th January 2026, 2:05:00 am

काठमाडौँ उपत्यकामा आंशिक बदली हुने

१८ बुधबार , मंसिर २०८२२ महिना अगाडि

काठमाडौँ उपत्यकामा आंशिक बदली हुने

आज काठमाडौँ उपत्यकालगायत हिमाली भागमा आंशिक बदली जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले मुलुकभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नभएपनि काठमाडौँ उपत्यकामा दिनभर आंशिक बदली हुने बताइएकाे छ ।

आज दिउँसो देशका हिमाली भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । त्यस्तै आज राति देशभरकाे मौसम मुख्यतया सफा रहने पनि महाशाखाले जनाएकाे छ ।

आज बिहान काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ९.१ डिग्री सेल्सियस मापन गरिएको थियो भने अधिकतम तापक्रम १९ देखि २१ डिग्री सेल्सियसबीच रहने छ ।