Advertisement Banner
Advertisement Banner

२१ शनिबार, मंसिर २०८२20th November 2025, 6:33:20 pm

चितवनमा होटलको छतबाट खसेर एकजनाको मृत्यु

१९ बिहिबार , मंसिर २०८२२ दिन अगाडि

चितवनमा होटलको छतबाट खसेर एकजनाको मृत्यु

चितवनको रत्ननगर नगरपालिका–६, मा होटलको छतबाट खसेर एकजनाको मृत्यु भएको छ । हिजोराति होटलको छतबाट खसेर १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको हो ।

रत्ननगर नगरपालिका–६, को पार्क साइट होटलको छतबाट खसेर गम्भीर घाइते भएकी उनको उपचारका क्रममा बकुहर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार सिन्धुली गुरुकुल कलेजबाट अध्ययन भ्रमणमा चितवन आएकी स्नेहा सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्थायी बासिन्दा हुन् ।