Advertisement Banner
Advertisement Banner

२१ शनिबार, मंसिर २०८२20th November 2025, 6:33:20 pm

प्रधानमन्त्री कार्कीको आह्वानमा सर्वदलीय बैठक बस्दै

२० शुक्रबार , मंसिर २०८२१८ घण्टा अगाडि

प्रधानमन्त्री कार्कीको आह्वानमा सर्वदलीय बैठक बस्दै

आज प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा शुक्रबार सर्वदलीय बैठक बस्ने तयारी रहेकाे छ । बैठक दिउँसाे ४ बजे सिंहदरबारमा बस्नेगरी बाेलाइएकाे हाे ।

आजकाे सर्वपक्षीय बैठकमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री कार्कीले जेनजी प्रतिनिधि, सुरक्षा निकाय, निर्वाचन आयोगलगायत निर्वाचनसम्बन्धी निकायलाई पनि बैठकमा डाकेकाे बताइएकाे छ ।

आगामी प्रतिनिधिसभाको निर्वाचनलाई केन्द्रित गर्दै सरकारले सरोकावालासँग निरन्तर छदफल गर्दै आएको छ । यता निर्वाभचन आयोगले पनि प्रतिनिधिसभा निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको छ ।