Advertisement Banner
Advertisement Banner

२१ शनिबार, मंसिर २०८२20th November 2025, 6:33:20 pm

काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस

२० शुक्रबार , मंसिर २०८२१७ घण्टा अगाडि

काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस

अहिले मुलुकभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेकाे जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । त्यस्तै महाशाखाका अनुसार काठमाडौँ उपत्यकामा बिहानको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस मापन गरिएको बताइएकाे छ ।

आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ । त्यसैगरी राति सुदूरपश्चिम र कर्णालीमा आंशिक बदली हुनेछ ।

काठमाडौँ उपत्यकाकाे बिहानको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस मापन गरिएको थियाे भने अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियसबीच रहने अनुमान गरिएकाे छ ।