
आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएकाे छ । हिजाे सामान्य गिरावट आएकाे सुनचाँदीकाे मुल्य आज पनि घटेकाे हाे ।
हिजाे सुनको मूल्य प्रतितोला २ लाख ५३ हजार ३ सय रूपैयाँ निर्धारण भएको थियो । आज हिजाेकाे मूल्यमा सामान्य गिरावट आएर प्रतिताेला २ लाख ५२ हजार ४ सय रुपैयाँ कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतिताेला चाँदीको मूल्य ३ हजार ५ सय ५५ निर्धारण भएको छ । हिजाे साेहि परिमाणकाे चाँदीकाे मूल्य ३ हजार ६ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन ४ हजार २ सय ४० र त्यति नै परिमाणको चाँदी ५८ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको बताइएकाे छ ।


