Advertisement Banner
Advertisement Banner

२१ शनिबार, मंसिर २०८२20th November 2025, 6:33:20 pm

नेपाल प्रहरी समाचार

२० शुक्रबार , मंसिर २०८२६ घण्टा अगाडि

नेपाल प्रहरी समाचार

युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताको प्रमुख आतिथ्यतामा सचेतनामुलक कार्यक्रम सम्पन्न
काठमाडौं, १९ मंसिर, युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताको प्रमुख आतिथ्यतामा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा शुक्रबार आयोजित एक समारोहबीच सडक दुर्घटना न्यूनीकरण सचेतना स्वयंसेवा कार्यक्रम सम्पन्न भएको छ । 
अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस २०२५ को अवसरमा “ीष्mष्त तजभ क्उभभम, क्बखभ त्जभ षिभ” भन्ने नाराका साथ सवारी दुर्घटना न्यूनीकरण, सुरक्षित सडक एवम् सहज सवारी आवगमनको सन्देश प्रवाह गर्न काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ र राष्ट्रिय युवा परिषद नेपालको संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो  । 
सो अवसरमा युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले लामो समय देखि अनुशासित भएर सवारी चलाउने सार्वजनिक सवारी साधनका चालकहरू लगायतलाई प्रशंसापत्र वितरण गर्नुभयो । 
सो अवसरमा युवा तथा खेलकुद मन्त्री गुप्ताले सवारी दुर्घटना न्यूनीकरण, सुरक्षित सडक एवम् सहज सवारी आवगमनको सन्देश प्रवाह गर्न आयोजित यस कार्यक्रम महत्वपूर्ण हुने चर्चा गर्नुभयो । यस्ता कार्यक्रमलाई देशभरीनै संचालन गर्नुपर्ने उल्लेख गर्दै उपल्ब्ध स्रोत साधन तथा प्रविधिको भरपुर प्रयोग र ट्राफिक प्रहरी एवम् सवारी चालकहरूबीच सकारात्मक सम्बन्धको विकास गरी सवारी दुर्घटना न्यूनीकरण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । 
कार्यक्रममा राष्ट्रिय युवा परिषद नेपालका उपाध्यक्ष सुरेन्द्र बस्नेत, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला र नेपाल यातायात स्वतन्त्र मजदुर संघका अध्यक्ष भीम ज्वाला राईले आ(आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो ।     
काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले धन्यवाद मन्तव्य गर्नुभएको उक्त कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । उक्त कार्यक्रममा प्रहरी उपरीक्षक नरेशराज सुवेदीले ट्राफिक व्यवस्थापन कार्य, सवारी दुर्घटनाको कारण र त्रिवर्षीय विश्‍लेषण, सवारी दुर्घटना न्यूनीकरणका प्रयासहरू, काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनको समस्या र चुनौतीहरू लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । सो अवसरमा सडक सुरक्षा सम्बन्धी सचेतनामूलक स्टीकर वितरण गर्नुका साथै सचेतनामूलक नृत्य समेत प्रस्तुत गरिएको थियो ।   
कार्यक्रममा वरिष्ठ प्रहरी अधिकृतहरू लगायत यातायात मजदुर संघका पदाधिकारीहरू, राष्ट्रिय युवा परिषद नेपालका पदाधिकारीहरू, विभिन्न संघस्थाका प्रतिनिधिहरू, संचारकर्मीहरू, विद्यार्थीहरू लगायतको उपस्थिति रहेको थियो ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १३ जना पक्राउ
काठमाडौं, १९ मंसिर, काठमाडौं महानगरपालिका(६ बाट नियन्त्रित लागूऔषध स्पास्पेन २ सय ३९ ट्याब्लेट सहित ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने सर्लाही घर भएकी ३५ वर्षीया पुनम कुमारी, काठमाडौं गुहेश्वरी बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका(४ घर भएका ३६ वर्षीय मनिष धिताल र काठमाडौं माहांकाल बस्ने मेलम्ची नगरपालिका(५ घर भएका ३७ वर्षीय सुशिल कुईकेल रहेका छन् । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका(३ लेवटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ८ ग्राम ४० मिलिग्राम सहित ३ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ  बस्ने ४० वर्षीय फडिन्द्र राज पुरी, सोही उपमहानगरपालिका(१९ सानान्टार बस्ने बकैया गाउँपालिका(७ छतिवन घर भएका ४० वर्षीय सुवास खत्री र सोही उपमहानगरपालिका(११ नवलपुर बस्ने मनहरी गाउँपालिका(५ हाडिखोला घर भएका ३४ वर्षीय विनोद तिवारी रहेका छन् । प्रहरी चौकी बसामाडीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
झापा, बिर्तामोड नगरपालिका(६ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय २० मिलिग्राम सहित अर्जुनधारा नगरपालिका(११ बस्ने १८ वर्षीय २ जना किशोरहरूलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकि  बुट्टाबारीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
यसैगरी झापा, भद्रपुर नगरपालिका(५ मेचीपुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १ सय ९० मिलिग्राम सहित बिर्तामोड नगरपालिका(९ बस्ने ३५ वर्षीय बिनोद मर्डीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
ललितपुर, गोदावरी नगरपालिका(३ नहर बस्ने २० वर्षीय उत्सव श्रेष्ठलाई नियन्त्रित लागूऔषध ट्रामाडोल ८० ट्याब्लेट सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  प्रहरी प्रभाग गोदावरीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
चितवन, भरतपुर महानगरपालिका(१७ भुवन बस्तीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ३ ग्राम ७ सय ५० मिलिग्राम र डिजिटल तराजु १ थान सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २३ वर्षीय तेज बहादुर राना मगर र २१ वर्षीय अश्मिन थापा रहेका छन् । इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ  सहित पक्राउ गरेको हो ।  
कैलाली, गौरीगंगा नगरपालिका(८ गिधनिया बस्ने २९ वर्षीय मनोज बस्नेतलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १२ ग्राम ७५ मिलिग्राम र डिजिटल तराजु १ थान सहित बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मसुरिया र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको भे।४ प २३७५ नम्बरको स्कुटर समेत बरामद गरेको छ ।

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ
स्याङ्जा, १९ मंसिर, जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी साविक पुतलीबजार नगरपालिका(८ हाल सोही नगरपालिका(१४ पिपलडाली बस्ने ५७ वर्षीय मेग बहादुर भुजेललाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । 
पुतलीबजार नगरपालिका(१४ स्थित वनमा ११ वर्षीया बालिकालाई २०६९ भदौ २७ गते जबरजस्ती करणी गरेको घटनामा जिल्ला अदातल स्याङ्जाको २०७३ मंसिर २३ गतेको फैसलाले उक्त मुद्दामा १५ वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । 
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत स्याङ्जामा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि जिल्ला कारागार स्याङ्जा पठाइएको छ ।

छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु
काठमाडौं, १९ मंसिर, उदयपुर, वेलका नगरपालिका(६ बुद्ध चोकस्थित सडकमा प्र।१(०२(०५८ प ४३८४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका(४ खोर्साने झोडा बस्ने २१ वर्षीय सरोज तामाङको मृत्यु भएको छ । बिहीबार राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको बिराट टिचिङ अस्पताल मोरङमा उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको हो । 
सप्तरी, कञ्चनरूप नगरपालिका(२ बरमझियास्थित सडकमा मधेश प्रदेश ०२(००१ ख ०२८७ नम्बरको बस र ना।३ ख ४४०२ नम्बरको ट्रक एकआपसमा ठक्कर खाई बिहीबार राति दुर्घटना हुँदा बसमा सवार हाल नाम, थर र वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरूषको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको धर्मेश्वर अस्पताल ठेलियामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका बसमा सवार ३ जनाको सोही अस्पताल र अन्य ५ जनाको प्राइम अस्पताल विराटनगरमा उपचार भइरहेको छ । प्रहरीले बस चालकलाई नियन्त्रणमा लिई हाल फरार ट्रक चालकको खोजी गरिरहेको छ ।  
रूपन्देही, देवदह नगरपालिका(७ सित्तलनगरस्थित सडकमा लु।प्र(०१(००१ च २०२३ नम्बरको बोलेरो जिपले लु।१२ प ७६१७ नम्बरको मोटरसाइकललाई बिहीबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक नवलपरासी पश्चिम सुनवल नगरपालिका(१ बस्ने ३५ वर्षीय किसन परियारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको देवदह मेडिकल कलेज भलुहीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
यसैगरी रूपन्देही, लुम्बिनी साँस्कृतिक नगरपालिका(१२ बन्जरहीस्थित सडकमा लु।२१ प ५७५९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा चालक कोटहिमाई गाउँपालिका(५ मझगवा बस्ने २० वर्षीय सुरज लोधको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएक उनको भीम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो ।
सिराहा, गोलबजार नगरपालिका(१० धर्मपुर टोलस्थित सडकमा मधेश प्रदेश ०२(००६ प ५३०६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गए राति दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने २५ वर्षीय दिपेश थापाको घटनास्थलमै मृत्यु भएको छ । 
बैतडी, सुर्नया गाउँपालिका(५ कठेगौडास्थित सडकमा भे।१ ख १६३९ नम्बरको मिनी ट्रक सोही ठाउँस्थित सुर्नया नदीमा खसेर गए राति दुर्घटना हुँदा चालक सोही नगरपालिका(४ कौलाडी बस्ने २९ वर्षीय नरेश महराको घटनास्थलमै मृत्यु भएको छ । 
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।