Advertisement Banner
Advertisement Banner

२५ बुधबार, मंसिर २०८२20th November 2025, 6:33:20 pm

दार्चुलामा भूकम्पकाे धक्का

२२ आइतबार , मंसिर २०८२३ दिन अगाडि

दार्चुलामा भूकम्पकाे धक्का

आज बिहान दार्चुलामा भूकम्प गएको छ । बिहान दार्चुलाको घुसा केन्द्रविन्दु भएर ४.६ म्याग्निच्युडको भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार भूकम्पकाे धक्का दार्चुला र आसपासका जिल्लामा महसुस भएको बताइएको छ । उक्त भूकम्पको क्षतिको विवरण अहलेसम्म प्राप्त नभएको पनि अनुसन्धान केन्द्रले जनाएकाे छ ।

यसअघि पनि गत कातिक २१ गतेराति १० बजेर ४० मिनेटमा दार्चुलाको तवाघाट क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ४.१ म्याग्निच्यूडको भूकम्प गएको थियाे । त्यसैगरि असोज २८ गते राति १ बजेर ८ मिनेटमा बझाङको दान्तोला केन्द्र बनाएर ४.९ म्याग्निच्यूडको भूकम्प गएको थियो ।

पछिल्लाे समय नेपालकाे पश्चिम क्षेत्रकाे विभिन्न जिल्लामा बेलाबेलामा भुकम्प जाने गरेकाे छ ।