Advertisement Banner
Advertisement Banner

२५ शनिबार, माघ २०८२9th January 2026, 2:05:00 am

सुनचाँदीको मूल्यमा निरन्तर गिरावट

२२ आइतबार , मंसिर २०८२२ महिना अगाडि

सुनचाँदीको मूल्यमा निरन्तर गिरावट

केहि दिनदेखि सुनचाँदीको मूल्यमा सामान्य गिरवट हुँदै आएको छ । यसअघि शुक्रबार प्रतिताेला २ लाख ५२ हजार ४ सयमा काराेबार भएकाे सुनकाे मूल्यमा आज सामान्य गिरवट आएर प्रतिताेला २ लाख ५२ हजार २ सय कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आज चाँदीको मूल्यमा कमी आएको छ । आज एक तोला चाँदीको मूल्य ३ हजार ५ सय ५ रुपैयाँ निर्धारण गरिएको छ ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन ४ हजार १ सय ९८ र त्यति नै परिमाणको चाँदी ५८ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ ।