Advertisement Banner
Advertisement Banner

२५ बुधबार, मंसिर २०८२20th November 2025, 6:33:20 pm

सर्वोच्च अदालत आजबाट पूर्णरूपमा सञ्चालनमा

२३ सोमबार , मंसिर २०८२२ दिन अगाडि

सर्वोच्च अदालत आजबाट पूर्णरूपमा सञ्चालनमा

गत भदाै २४ गते जेनजी आन्दाेलनका क्रममा आगजनीले ध्वस्त भएकाे सर्वोच्च अदालत आजबाट पूर्णरूपमा सञ्चालनमा आएको छ । आन्दोलनका क्रममा सर्वोच्च परिसरमा भएको आगजनीपछि इजलास बस्ने कोठा अभाव हुँदा अदालत ५० प्रतिशत क्षमतामा मात्र संचालनमा रहेकाे थियो ।  

आजदेखि थप ६ वटा इजलास सञ्चालनमा आएसँगै सबै इजलासहरू पुरानै गतिमा फर्कन थालेकाे सर्वोच्च अदालतका सहायक प्रवक्ता निराजन पाण्डेले जनाएका छन् । प्रवक्ता पाण्डेका अनुसार एनेक्स भवनबाट ५ वटा र नयाँ भवनबाट ६ वटा इजलास सञ्चालन हुने बताइएकाे छ । साथै, आजबाट संवैधानिक इजलास पनि नयाँ भवनमै बस्ने व्यवस्था मिलाइएको छ ।

यसअघि सर्वोच्चमा २१ जना न्यायाधीश रहे पनि क्षतिग्रस्त पूर्वाधारका कारण पूर्ण इजलास गठनमा समस्या भइरहेको थियो । अहिले आवश्यक मर्मत–सम्भार र वैकल्पिक कक्ष तयार भएपछि आजदेखि नियमितरूपमा सबै इजलास सञ्चालनमा आउने बताइएको छ ।

अदालत पूर्णरूपमा सञ्चालनमा आएसँगै लामो समयदेखि प्रभावित मुद्दा व्यवस्थापन र सुनुवाइ प्रक्रियामा सहजता हुने अपेक्षा गरिएको छ ।