
नेपाल प्रिमियर लिग (एनपीएल)काे दोस्रो संस्करण अन्तर्गत भाेलिदेखि क्वालिफायर खेल हुँदैछ । हिजाेबाट लिग चरणका खेल सकिएकाे र अाज खेल मैदानकाे व्यवस्थापनका लागि विश्राम दिएकाले भाेलिदेखि क्वालिफायर खेल हुन लागेकाे हाे ।
मंसीर १ गतेदेखि जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) प्रतियोगिता अन्तर्गत भाेलि मंगलबार पहिलो क्वालिफायर खेल हुँदैछ । भाेलि दिउँसाे ४ बजे त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा पहिलाे क्वालिफायर खेल सुदूरपश्चिम रोयल्स र विराटनगर किङसबीच प्रतिस्पर्धा हुनेछ ।
सुदूरपश्चिम अंक तालिकाको शीर्ष र विराटनगर दोस्रो स्थानमा पुगेर पहिलो क्वालिफायर खेल्ने पक्का गरेका हुन् । सुदूरपश्चिमले लिग चरणका सात खेलमध्ये छ खेल जितकाे थियाे भने विराटनगरले सात खेलमध्ये पाँच खेल जितेको छ ।
लिग चरणमा सुदूरपश्चिमले विराटनगरसँग पराजय भाेगेकाे थियाे भने विराटनगर चितवन र लुम्बिनीसँग पराजित भएको थियाे ।


