
वैदेशिक रोजगारीमा पोर्चुगल पठाइदिने भन्दै रकम ठगी गर्ने एकजना पक्राउ परेका छन् । प्रहरीले रकम ठगी गरेको अभियोगमा एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हाे ।
ठगी गरेको अभियोगमा पक्राउ पर्नेमा कञ्चनपुर बेदकोट नगरपालिका–१०, घर भई हाल काठमाडौँ महानगरपालिका–२६, बस्ने ३३ वर्षीय भीमबहादुर महर रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएकाे छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजिकुमार आचार्यका अनुसार पक्राउ परेका महरले पोर्चुगल पठाइदिने भन्दै एक जनाबाट २ लाख लिई सम्पर्कविहीन भएको र पीडितको उजुरीका आधारमा निजलाई पक्राउ गरिएकाे बताइएकाे छ ।
महरलाई काठमाडौँ महानगरपालिका–४, सुकेधाराबाट पक्राउ गरिएको र निजलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रहरीले बताएकाे छ ।


