Advertisement Banner
Advertisement Banner

२५ बुधबार, मंसिर २०८२20th November 2025, 6:33:20 pm

श्रम संस्कृति पार्टी भ्रष्टाचारीलाई नाे इन्ट्री

२३ सोमबार , मंसिर २०८२एक दिन अगाडि

श्रम संस्कृति पार्टी भ्रष्टाचारीलाई नाे इन्ट्री

हालसालै निर्वाचन आयाेगमा दर्ता भएकाे श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले आफ्नो पार्टीमा भ्रष्टाचारीलाई कुनै स्थान नहुने बताएका छन् । आज काठमाडौँमा आयाेजित कार्यक्रममा अध्यक्ष राईले आफ्नो पार्टीमा भ्रष्टाचारीलाई कुनै स्थान नभएको स्पष्ट पारेका हुन् ।

पार्टीका अध्यक्ष राईले आज काठमाडौँको सिफलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भ्रष्टाचारीलाई आफूले कुनै हालतमा पनि नछाड्ने उद्घोष गरेका हुन् । उनले सम्बोधन गर्दै भने, “एक पैसा भ्रष्टाचार हुँदैन, मौकामा चौका हानौँ भनेर तपाईँहरु आउनुभएको छभने गइहाल्नुस्, म कसैलाई छाड्ने छैन ।”

त्यसैगरि अध्यक्ष राईले आफूले एक पैसा मात्रै भ्रष्टाचार गरेमा सोही दिन आफ्नाे अन्तिम दिन हुने समेत उदघाेष गरेका छन् । स्रोतबिना पनि आमनागरिकलाई परिचालन गरेरै मुलुक समृद्ध बनाउने योजना आफूसँग भएको जिकिर गर्दै उनले आसन्न निर्वाचनमा आफ्नो दललाई मत दिएर सहयोग गर्न पनि आग्रह गरेका छन् ।