Advertisement Banner
Advertisement Banner

२५ बुधबार, मंसिर २०८२20th November 2025, 6:33:20 pm

नेपाल प्रहरी समाचार

२३ सोमबार , मंसिर २०८२एक दिन अगाडि

नेपाल प्रहरी समाचार

हत्यामा संलग्न रहेको अभियोगमा सात जना पक्राउ
सुनसरी, २२ मंसिर, रामधुनी नगरपालिका(२ बस्ने ४५ वर्षीय दिनेश कुमार चौधरीको गोली प्रहार गरी हत्या गरेको घटनामा संलग्न रहेको अभियोगमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । 
पक्राउ पर्नेहरूमा रामधुनी नगरपालिका १ बस्ने ४३ वर्षीय राजेश भन्ने राजकिशोर साह, ४० वर्षीय नन्द किशोर साह, भोक्राहा नरसिंह गाउँपालिका(५ वर्षीय ३४ वर्षीय मोहमद इब्रान मिया, देवानगन्ज गाउँपालिका–४ वर्षीय ३७ वर्षीय गियास मन्सुरी, सोही गाउँपालिका–५ बस्ने २५ वर्षीय मिथलेश यादव, सप्तरी राजविराज नगरपालिका–१६ बस्ने २८ वर्षीय अंकित साह र सोही नगरपालिका–९ बस्ने २८ वर्षीय प्रिन्स कुमार दास रहेका छन् ।
रामधुनी नगरपालिका–२ कर्मनिया टोलस्थित सडकमा अपरिचित व्यक्तिहरूले गत असोज २५ गते बेलुकी गोली प्रहार गरी प्र।१(०२(००४ ह ७८०४ नम्बरको सिटि सफारी चालक दिनेशको हत्या गरेको घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । 
उनीहरू उपर जिल्ला अदालत सुनसरीबाट कर्तव्य ज्यान मुद्दामा म्याद थप अनुमती लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित तीन जना पक्राउ
काठमाडौं, २२ मंसिर
चितवन, राप्ती नगरपालिका(११ डुम्रेखाडीबाट अवैध लागूऔषध गाँजा करिब ७ किलो ८ सय ग्राम सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका–१२ बस्ने २७ वर्षीय पन्चे तामाङ र ३० वर्षीय अपिल तामाङ रहेका छन् । इलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीले आँपपानीबाट भण्डारातर्फ आउँदै गरेको ना.२२ प १२८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । 
झापा, झापा गाउँपालिका(४ टाघनडुब्बाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २९ मिलिग्राम सहित दमक नगरपालिका(१ बस्ने ३० वर्षीय रोशन भुजेललाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

पेस्तोल बरामद
नुवाकोट, २२ मंसिर
ककनी गाउँपालिका(२ बन्चरेडाँडास्थित ल्याण्ड फिल्ड साइडबाट पेस्तोल १ थान र म्याग्जीन १ थान सोमबार बिहान प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी ओखरपौवाबाट खटिएको प्रहरीले उक्त पेस्तोल फेला पारी बरामद गरेको हो । 
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।