Advertisement Banner
Advertisement Banner

२५ बुधबार, मंसिर २०८२20th November 2025, 6:33:20 pm

एनपिएलको पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्दै

२४ मंगलबार , मंसिर २०८२१९ घण्टा अगाडि

एनपिएलको पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्दै

नेपाल प्रिमियर लिग (एनपिएल)को आजदेखि सुरु हुन लागेकाे पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्सबीच प्रतिस्पर्धा हुँदैछ । त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा दिउँसाे ४ बजेबाट सुरु हुने खेलमा दुई टिमबीच प्रतिस्पर्धा हुन लागेकाे हाे ।

यसअघिकाे लिग चरणमा शानदार प्रदर्शन गरेको सुदूरपश्चिम लगातार दोस्रोपटक फाइनल पुग्ने लक्ष्यमा रहेकाे छ । आजको खेलकाे विजेता सिधै फाइनलमा प्रवेश गर्नेछ भने पराजित टोलीले दोस्रो क्वालिफायरमा इलिमिनेटरको विजेता लुम्बिनी लायन्स र काठमान्डाैँ गाेर्खाज मध्य एक टोलीसँग खेल्नुपर्नेछ ।

यता लिग चरणमा उत्कृष्ट सुरुवात गरेपनि बीचमा लय छोड्न पुगेकाे र अन्तिम खेलमा सम्हालिएको विराटनगर अर्को बलियो दाबेदार हो । राष्ट्रिय टोलीका दुई महत्वपूर्ण खेलाडी दीपेन्द्र सिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम र सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरबीचको खेललाई महत्वका साथ हेरिएको छ ।

यसअघिकाे लिग चरणकाे अन्तिम खेलमा विराटनगरले सुदूरपश्चिमलाई ६ विकेटले हराएर अंक तालिकाकाे दाेश्राे स्थानमा हुदा सुदूरपश्चिम अंक तालिकाकाे पहिलाे स्थानमा रहेकाे छ ।