Advertisement Banner
Advertisement Banner

२५ बुधबार, मंसिर २०८२20th November 2025, 6:33:20 pm

सर्वोच्चद्वारा हितेन्द्रदेवकाे पुनःबहाली

२४ मंगलबार , मंसिर २०८२१९ घण्टा अगाडि

सर्वोच्चद्वारा हितेन्द्रदेवकाे पुनःबहाली

सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यकाे पुनःबहाली गरेकाे छ । हिजाे सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले शाक्यकाे पक्षमा परमादेश जारी गरेको हाे ।

सर्वोच्चले पुनःबहाली गरेपछि शाक्यले न्यायको जीत भएको प्रतिक्रिया दिँदै सरकारको निर्णयले आहत भएकाेमा न्यायालयले राहत दिएको बताएका थिए । न्यायलयको निर्णयले राहत महसुस भएको भन्दै शाक्यले आफ्नो योग्यता र क्षमताअनुसार देश, जनता र प्राधिकरणको हितमा काम गर्ने प्रतिक्रिया दिएका छन् ।

यसअघि सरकारले गत असोज ५ गते शाक्यलाई कार्यकारी निर्देशकबाट जल तथा ऊर्जा आयोगमा सरुवा गरेकाे थियाे भने प्राधिकरणको कार्यकारी निर्देशकमा मनोज सिलवाललाई नियुक्त गरेको थियो । त्यसपछि सरकारको निर्णयविरुद्ध शाक्यले सर्वोच्चमा रिट दायर गरेका थिए ।