
आज नेपाली बजारमा सुनको मूल्यमा केहि गिरवट आउँदा चाँदीकाे मूल्य भने बढेकाे छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा एक हजार रुपैयाँले घटेकाे छ भने चाँदी १५ रुपैयाँले बढेकाे हाे ।
घटेकाे मूल्य अनुसार आज सुन प्रतिताेला २ लाख ५१ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजाे सोमबार सुनको मूल्य प्रतितोला २ लाख ५२ हजार ९ सय रुपैयाँमा कायम भएको थियो ।
त्यसैगरि आज चाँदीको मूल्य १५ रुपैयाँले बढेर ३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदीको मूल्य प्रतितोला ३ हजार ५ सय ८५ रुपैयाँ कायम भएको थियो ।


