Advertisement Banner
Advertisement Banner

२६ मंगलबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

केहि भागमा आंशिक बदली भएपनि बाँकी भागमा मौसम सफा रहने

२५ बुधबार , मंसिर २०८२८ महिना अगाडि

केहि भागमा आंशिक बदली भएपनि बाँकी भागमा मौसम सफा रहने

देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेकाे भएता पनि केहि भागमा आंशिक बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । मुलुककाे केहि भू–भाग बाहेक अन्य बाँकी भागकाे माैसम मुख्यतया सफा रहने छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ । त्यसैगरि राति देशभरको मौसम मुख्यतया सफा रहने पनि महाशाखाले जनाएकाे छ ।

काठमाडौँ उपत्यकाकाे बिहान पाैने ६ बजेको न्यूनतम तापक्रम ६.० डिग्री सेल्सियस मापन गरिएको थियो । त्यस्तै अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसका बीच रहने महाशाखाले जनाएकाे छ ।