Advertisement Banner
Advertisement Banner

२५ शनिबार, माघ २०८२9th January 2026, 2:05:00 am

दाङमा बस दुर्घटना २२ जना घाइते

२६ बिहिबार , मंसिर २०८२२ महिना अगाडि

दाङमा बस दुर्घटना २२ जना घाइते

पूर्व-पश्चिम राजमार्गअन्तर्गत दाङको लमहीमा बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । दाङकाे लमही नगरपालिका-१ कौडियामा बिहान करिब ३ बजेकाे समयमा बस पुलबाट खोलामा खसेर दुर्घटना भएकाे हाे ।

डडेल्धुराबाट काठमाडौँ आउँदै गरेको ना ८ ख ७४५५ नम्बरको बस बिहान खोलामा खसेर दुर्घटना भएकाे प्रहरीले जनाएकाे छ । उक्त दुर्घटनामा घाइते भएकाहरूकाे लमही अस्पतालमा उपचार भइरहेको छ भने घाइतेमध्ये दुईजनालाई थप उपचारका लागि अन्यत्र पठाउने तयारी भइरहेकाे वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक रोशनराज पाण्डेयले जनाएका छन् ।

उक्त बसमा ३८ जना सवार रहेकाे बताइएकाे छ । बस चालकले पट्टा भाँचिएर बस दुर्घटना भएको प्रारम्भिक बयान दिएका छन् भने दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पाण्डेयले जानकारी दिएका छन् ।