Advertisement Banner
Advertisement Banner

२६ मंगलबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

वैदेशिक रोजगारीको प्रलाेभनमा पारि ठगी गर्ने दुई जना पक्राउ

२६ बिहिबार , मंसिर २०८२८ महिना अगाडि

वैदेशिक रोजगारीको प्रलाेभनमा पारि ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजगारीमा विभिन्न देशमा पठाइदिने भन्दै लाखाैं ठगी गर्ने दुई जना पक्राउ परेका छन् । विभिन्न देशमा पठाइदिने भन्दै १४ लाख ५० हजार ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको हाे ।

पक्राउ पर्नेमा भक्तपुरकाे मध्यपुर थिमि नगरपालिका–८, घर भई हाल काठमाडौँ नागार्जुन नगरपालिका–५ बस्ने ३० वर्षीया उजुना श्रेष्ठ तथा कञ्चनपुर बेलौरी नगरपालिका–२, घर भई हाल ललितपुर टिकाथली बस्ने ४८ वर्षीय मानबहादुर रिसाल रहेका छन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार श्रेष्ठले रोमानिया पठाउने भन्दै रु १० लाख तथा रिसालले चेक रिपब्लिक पठाउने भन्दै रु चार लाख, ५० हजार रकम लिई विदेश नपठाई सम्पर्कविहीन भएको पीडितहरूको उजुरीका आधारमा आज पक्राउ गरिएको बताइएकाे छ ।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रवक्ता आचार्यले बताएका छन् ।